Home Login

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं ।  धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]

इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।  त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए । साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए […]

इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। उक्त […]