हमास–इजरायल युद्धमा मारिने पत्रकारको सङ्ख्या १०० पुग्यो

ad1 ad1

एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या १०० पुगेको छ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा मारिने पत्रकारको सङ्ख्या १०० पुगेको बताएको हो।

पछिल्लो पटक इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको एक घरमा बमबारी गरे पछि पत्रकार मुहम्मद खलिफा मारिएका छन्।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *