माल्टामा दुर्घटना परी एकजना गम्भीर घाइते

माल्टा । माल्टाको ज़ब्बुगमा आइतबार भएको दुर्घटनामा ४७ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।

बिहान ६ बजे त्रिक इल इम्दिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मारफाका निवासी टोयोटा भिट्ज चलाउँदै गर्दा पोलमा ठोक्किएर घाइते भएका थिए ।

उनलाई घटनास्थलमा रहेको मेडिकल टोलीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्सबाट मेटेरदेई अस्पताल लगिएको थियो ।

यस घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *