चेक बहादुर गुरुङ्गको शव नोभेम्बर ३० मा नेपाल जादै

पोर्तुगल । गत मिती ९/११/२०२३ का दिन पोर्तुगलको पिगोइसमा निधन भएका गोरखा निवासी चेक बहादुर गुरुङ्गको शव व्यस्थापन तथा परिवार सहयोगको लागी गोरखाली समुदाय, तमु समाज पोर्तुगल लगायत पोर्तुगल स्थित विपत व्यावस्थापन समिती द्वारा विभिन्न संगठन बाट संकलित हुन आएको कुल रकम ५४२२.५० यूरो मध्ये ३२०० यूरो शव नेपाल पठाउन लागेको र बाँकी २२२२.५० यूरो नेपाल परिवारलाई पठाउदा १४.५० यूरो दस्तुर ( यो दस्तुर Ezzi Travel आफैले सहयोग गरिदिनु भएको र लागेको हुँदा जम्मा रकम २२०८.०० परिवारलाई उपलब्ध गराइएको कुरा सम्पूर्णमा गोरखा समाज पोर्तुगलले जानकारी गराएको छ ।

यसका साथै उहाँको शव आगमी मिती १४ मङ्सिर २०८० (३०/११/२०२३) मा नेपाल पुग्ने र यस बारे उहाको परिवारलाई सम्पूर्ण जानकारी गराएको छ ।

यस दुख घडीमा पिडित परिवारलाई सहयोग गर्नु हुने सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई परिवारको तर्फ बाट हार्दिक धन्यवाद सहित , परिवारको निवेदन तथा सामाजिक दाईत्वलाई आत्मसाथ गर्दै उच्च भावका साथ सहयोग गर्नु हुने तमु समाज पोर्तुगललाई परिवारको तर्फ बाट र गोरखा समाज पोर्तुगलको तर्फ बाट विशेष कृतज्ञता सहित हार्दिक धन्यवाद ।

साथै शव व्यवस्थापन गर्न प्राविधिक व्यावस्थापन तथा सांगठानिक सहयोग संकलन गरि सहज परिस्थित निर्माण गरिदिनु हुने विपत व्यवस्थापन समिती पोर्तुगल, गैरआवासीय नेपाली संघ, पोर्चुगल – NRN Portugal लगायत सम्पूर्ण सहयोग संघ – संगठन तथा व्यक्ति विशेषहरुलाई गोरखा समाज पोर्तुगलले धन्यवाद दिनु भएको छ ।

गोरखा समाज पोर्तुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *