Home Login

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे । प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई […]

इटाली —  इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो । वर्ष २०२४ /  २०२५ को लिगमा चार खेल अगावै लिभरपुलले उपाधि जितेको हो । यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ […]

यूके — पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् भने महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला […]

लिस्बन, २७ अप्रिल  — एक बर्ष अघिसम्म  सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् । शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस […]

बार्सिलोना । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको हो । रोमाञ्चक एल क्लासिको जित्ने क्रममा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरेका थिए । त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र […]

लन्डन — पछिल्लो समय नेपाली क्रिकेट खेलमा अन्तर्राष्ट्रिय स्तर सम्म उल्लेखनीय प्रगति भइरहेको छ । विदेशमा रहेका नेपाली खेलाडीहरुले विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ उत्साहजनक प्रदर्शन गरिरहेको छ, जसले नेपाली क्रिकेटको विकासलाई थप बलियो बनाएको छ । बेलायतस्थित ब्रिटिश गोर्खाली क्रिकेट लिगले लन्डनस्थित काउन्टी क्रिकेट ग्राउन्डमा मनकामना कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लिगका […]

लण्डन — राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनमा सम्बोधन गर्न रास्वपा नेता माननीय डा स्वर्णिम वाग्ले लण्डन आइपगेका छन्। उनी शुक्रबार लण्डन आइपगेका हुन् । रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेलाई रास्वपा यूके सभापति पवन शर्मा एबम रास्वपा सदस्य रमेश बेलबासे लगायतले स्वागत गरेका थिए । अप्रिल २८ […]

‘प्रथम मोन्तिजो कप २०२५‘ आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको छ । अप्रिल २० आइतबार सम्पन्न भएको खेलमा आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको हो । युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता अप्रिल २० आइतबार सम्पन्न भएको थियो । उक्त खेलकुद प्रतियोगितामा […]

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ।  म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। […]

युरोप, नर्वे — नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्ट्सद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२  अप्रिल २१, २०२५ अर्थात बैशाष ८, २०८२ नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 ओस्लो, नर्वेमा रहेका नेपालीहरूको साथमा सम्पन्न भएको हो । कार्यक्रम दिनको ५ बजेबाट सुरु भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गानबाट सुरु […]