Home Login

काठमाडौं — सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा जीडीले ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन्। फैजी फिल्म प्रडक्सनले तयार पारेको ‘पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो। गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले, आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ‘पहाडको छोरो’ […]

पोर्चुगल – नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरमा सम्पन्न हुनेछ । कार्यक्रमलाई […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली नारीहरूको साझा संस्था, नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले आउँदै गरेको हरितालिका तिजको अवसरमा एक विशेष साँस्कृतिक कार्यक्रम “तिज धमाका” को आयोजना गर्ने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको लिस्बनको मुटु मानिने मार्तिम मुनिज पार्कमा यही अगष्ट २४ तारिख, आइतबारका दिन यो भव्य कार्यक्रम सम्पन्न हुने संस्थाकी अध्यक्ष शान्ति अर्याल […]

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए । उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय […]

टोरन्टो, क्यानाडा —  क्यानाडामा बसोबास गर्ने नेपाली समुदायलाई मनोरञ्जनको एक खुराक पस्कने उद्देश्यले ‘अब हाँस्छ क्यानाडा’ नामक एक विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना हुने भएको छ । नेपालका तीन चर्चित हास्य कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएका छन् । आँगन इभेन्ट्स इन्क र आइ र यू इन्टरटेनमेन्टको संयुक्त […]

रासस — हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन् । सोमबार राति उनीहरु इजरायल पुगेका हुन् । उनीहरुलाई स्वागत गर्न नेपालका लागि इजरायलका पूर्व राजदूत हेनान गोडार, नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका साथीहरु विमानस्थल पुगेका थिए । यसअघि पूर्व राजदूत गोडार नेपालमा […]

लन्डन —  चर्चित गायक दुर्गेश थापा ‘दुश्मन हेरेको हेर्‍यै’ यात्रामा बेलायत आउने भएका छन् ।  सोल्टी ईभेन्टस ईन्टरटेन्मेन्टले आगामी सेप्टेम्बर १३ मा आयोजना गर्ने कार्यक्रममा थापा बेलाउन  बेलायत आउन लागेका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । समय बेलुकी ५ बजेलाई निर्धारण गरिएक छ ।  कार्यक्रममा लोकप्रिय गायिका प्रिया गुरूङ, चर्चित मोडल डान्सर आरूषी […]

लन्डन —  नेपालको विश्वप्रसिद्ध लोक-रक ब्यान्ड नेपथ्यले लन्डनको प्रतिष्ठित ओभीओ एरिना वेम्बलीमा १२ हजारभन्दा बढी दर्शकको विशाल जनसागरलाई आफ्नो संगीतमा झुमाउँदै एक अविस्मरणीय प्रस्तुति दिएको छ । शनिबार साँझ आयोजित उक्त कन्सर्टले नेपाली संगीतको इतिहासमा अर्को एक सुनौलो अध्याय थपेको छ । सन् २०१३ मा पहिलो पटक यसै ऐतिहासिक मञ्चमा भव्य कन्सर्ट गरेर कीर्तिमान बनाएको […]

पोर्चुगल — लिस्बन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने कम्पनी मेन्जिजका कर्मचारीहरूले गरेको हडतालका कारण शनिबार, अगस्ट ९, बिहान १० बजेसम्म १४ वटा उडान रद्द भएका छन् । शनिबार बिहान सुरु भएको यो हडताल सोमबारसम्म जारी रहने तालिका रहेको छ, जसका कारण थप उडानहरू प्रभावित हुने देखिएको छ । पोर्चुगलको राष्ट्रिय समाचार एजेन्सी ‘लुसा’ ले […]

ओस्लो, नर्वे —  हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन नर्वेमा विशेष उल्लास र धार्मिक निष्ठाका साथ सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो नजिकै Dr. Dedichens vei 23, 0673 Oslo स्थित हलमा आयोजित एक भव्य कार्यक्रमका बीच नेपाली हिन्दू समुदायले यो पर्व मनाएका हुन् । यसै शुभ अवसरमा नर्वेमा पशुपतिनाथ मन्दिर स्थापनाको शुभमुहूर्त […]