Home Login

‘भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ को नारालाई निरन्तरता दिने प्रतिवद्धता’ साइप्रस — “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ सन् २०१६ अक्टोबर २३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसले आफ्नो नवौं वार्षिकोत्सव एक भव्य, सभ्य र सांस्कृतिक समारोहबीच सम्पन्न गरेको छ । स्थापनाको प्रारम्भिक दिनदेखि नै साइप्रसमा रहेका तामाङ […]

पोर्चुगल— नेपाल सम्बत ११४६ तथा सामूहिक म्ह: पुजाको अवासरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा ग्रिल एन चिल रेस्टुरेन्ट, आरोइस मा सामूहिक म्ह : पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । म्ह: पुजापछि […]

साइप्रस — साइप्रसमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले यस वर्ष साइप्रसको पर्यटकीय सहर पाफोसमा पहिलो पटक सोनाम लोसार कार्यक्रम आयोजना हुने भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायले मनाउने महान् सांस्कृतिक पर्व सोनाम लोसारको अवसरमा उक्त विशेष कार्यक्रम आयोजना गर्न लागिएको […]

बेल्जियम : विश्वका ४० भन्दा बढी देशमा छरिएर रहेका झापालीहरूको साझा छाता संगठन, अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका सफल व्यवसायी महेन्द्रप्रसाद चम्लागाईं सर्वसम्मत निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ विश्व अधिवेशनले चम्लागाईंलाई सन् २०२५–२०२७ कार्यकालका लागि नेतृत्व सुम्पेको हो । विगत तीन दशकदेखि कतारमा रहेर व्यवसायमा स्थापित भएका चम्लागाईं यसअघि समाजका वरिष्ठ […]

पोर्चुगल (लिस्बन) । ‘उज्यालो नेपाल’ का नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पोर्चुगलको राजधानी लिस्बनमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने उक्त कार्यक्रम यही अगस्ट २३, शनिबारका दिन दिउँसो १२ बजे तय गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै पोर्चुगलमा बसोबास […]

पोर्चुगल (लिस्बन) — विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ पोर्चुगलमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली नेपालीहरूले नारीहरूको महान पर्व हरितालिका तीज र आफ्नो विशेष मौलिक पर्व गौराको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी शनिबार, २३ अगस्ट २०२५ का दिन लिस्बनमा आयोजना हुने उक्त […]

लिस्बन, पोर्चुगल — नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा एक विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको उक्त तीज विशेष कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रविन लामिछानेको मुख्य प्रस्तुति रहनेछ । आगामी अगस्ट १८ तारिख, सोमबारका दिन लिस्बनस्थित जिनासियो क्लव हलमा आयोजना […]

बेल्जियम — बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन आउँदो अगस्ट ४ तारिख हुने भएको छ । स्थापनाकालदेखि नै सक्रिय रहेको बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन ‘Brusselsestraat 42/B, 3000 Leuven’ मा ११: ३० बजे देखि हुने भएको संस्थाका महासचिव प्रभात पौडेलले बताउनुभयो । अधिवेशनमा वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालको प्रमुख अतिथि रहने भएको हो । […]

पोर्चुगल — सुदूरपश्चिम क्षेत्रको साझा हित, मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने महान उद्देश्यका साथ स्थापना गरिएको सुदूरपश्चिमेली नेपाली समाज – अन्तर्राष्ट्रिय समितिले चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन –२०२५ को आयोजना गर्ने भएको छ । सम्मेलन असोज २३, २४ र २५ गते (अंग्रेजी मितिअनुसार अक्टोबर ९, १०, ११) सुदूरपश्चिम प्रदेशको राजधानी […]

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३ जनवरी १ तारिख स्थापना भएको हो । संस्थाका अध्यक्ष फुर्साङ लामाको […]