‘भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ को नारालाई निरन्तरता दिने प्रतिवद्धता’
साइप्रस — “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ सन् २०१६ अक्टोबर २३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसले आफ्नो नवौं वार्षिकोत्सव एक भव्य, सभ्य र सांस्कृतिक समारोहबीच सम्पन्न गरेको छ ।
स्थापनाको प्रारम्भिक दिनदेखि नै साइप्रसमा रहेका तामाङ समुदायमाझ एकता, पहिचान र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रहँदै आएको यस संस्थाले आफ्नो नौ वर्षको यात्रा पूरा गरेको अवसरमा विशेष समारोह आयोजना गरेको हो । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, प्रमुख अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
 समारोहको औपचारिक सुरुवात संस्थाका लामा विभाग सदस्य दावा याङ्जी तामाङ बाट बौद्ध परम्परा अनुसार मोलाम पाठ वाचन गरी गरिएको थियो । त्यसलगत्तै, संस्थाकी वरिष्ठ उपाध्यक्ष नानी माया मोक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले संस्थाको नौ वर्षे उद्देश्यमूलक यात्रा र यस क्रममा प्राप्त भएका उपलब्धिहरूबारे भावनात्मक अभिव्यक्ति दिँदै सम्पूर्ण उपस्थितिलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा संस्थाका महासचिव युवराज सिङतान् तामाङले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले संस्थाले विगतमा गरेका गतिविधि, प्राप्त उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तारपूर्वक जानकारी गराउनुभयो । महासचिव तामाङले भन्नुभयो, “आज संस्था यो स्थानमा पुग्न सक्षम हुनुमा हाम्रा सबै सदस्य, समुदायका अग्रज, सहयोगी हातहरू र शुभेच्छुकहरूको निरन्तर साथ र आशीर्वाद प्रमुख प्रेरणा शक्ति हो ।”
उहाँले संस्थाको आगामी कार्ययोजनामा सांस्कृतिक संरक्षण कार्यक्रम, शिक्षामुखी सहयोग अभियान, र समुदाय बीचको एकता सुदृढ पार्ने दीर्घकालीन पहलहरू प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो ।
 समारोहमा संस्थाको आर्थिक पारदर्शिता झल्काउँदै कोषाध्यक्षले विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले वार्षिक आम्दानी–खर्चको सारांश, विभिन्न परियोजनामा भएको लगानी र उत्तरदायित्व सुनिश्चित गर्न अपनाइएका उपायहरू बारे जानकारी दिनुभयो ।

त्यसैगरी, अनुशासन विभागका प्रतिनिधिले संस्थाभित्र अनुशासन, आचारसंहिता र सदस्यबीचको आपसी सम्मान कायम राख्न विभागले खेलेको भूमिकाबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विगतका चुनौती र आगामी वर्षका सुधारात्मक योजनाहरू पनि साझा गर्नुभयो ।
कार्यक्रममा संस्थाको उन्नति र समुदायको हितमा उल्लेखनीय योगदान पुर्याउने सदस्यहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेले संस्थालाई नवौं वार्षिकोत्सवको शुभकामना दिनुभयो । उहाँले साइप्रस जस्तो व्यस्त ठाउँमा पनि आफ्नो भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनमा तामाङ घेदुङले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
 उहाँ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आगामी दिनमा अझ सबल र प्रभावकारी रूपमा सामाजिक सेवामा योगदान पुर्याओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
उहाँ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आगामी दिनमा अझ सबल र प्रभावकारी रूपमा सामाजिक सेवामा योगदान पुर्याओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
समारोहको समापन संस्थाका अध्यक्ष प्रदीप ग्लान तामाङको धन्यवाद ज्ञापनका साथ सम्पन्न भयो । अध्यक्ष तामाङले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सदस्य, सहयोगी तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो मन्तव्यको अन्त्यमा “एकता र पहिचान नै हाम्रो शक्ति हो” भन्ने सन्देश प्रवाह गर्दै संस्था आगामी दिनमा अझ सशक्त रूपमा समुदायको उत्थानमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।