Home Login
संघ-संस्था

पोर्चुगलमा नेपाल सम्बत ११४६ तथा सामूहिक म्ह: पुजा कार्यक्रम सम्पन्न

पोर्चुगल— नेपाल सम्बत ११४६ तथा सामूहिक म्ह: पुजाको अवासरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा ग्रिल एन चिल रेस्टुरेन्ट, आरोइस मा सामूहिक म्ह : पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

म्ह: पुजापछि सम्पन्न औपचारिक सत्रमा नेपाल सम्बतका अन्तर्राष्ट्रिय प्रबन्धक गंगा बहादुर नेम्कुलले नेपाल सम्बतको सुरुवातदेखि हालसम्मको ऐतिहासिक यात्रा, सांस्कृतिक महत्त्व र यसको अन्तर्राष्ट्रिय प्रसारबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल अन्तर्गत मातृसंस्थाहरुको तर्फबाट किरात राई सोसाइटी अफ पोर्चुगलकी उपाध्यक्ष जेनिता राईले शुभकामना मन्तव्य दिँदै नेपाल सम्बतले सबै समुदायबीचको आपसी सहकार्य र भाइचारा सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि  भरत राज श्रेष्ठले स्वन्ती (तिहार) पर्वको सांस्कृतिक तथा वैज्ञानिक पक्षबारे मन्तव्य दिँदै नेपालको मौलिक परम्परा जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यसैगरी, प्रमुख अतिथि नेपाल जनजाति महासङ्घ, पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगरले नेपाल सम्बत र नेवा: संस्कृति नेपालको पहिचानसँग गहिरो सम्बन्ध भएको उल्लेख गर्दै नयाँ वर्षले सबै नेपालीमा गौरव र एकताको भावना जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमको सभापतित्व ,नेवा : खःल पोर्तुगल का तदर्थ समितिका संयोजक अमृत रत्न शाक्यले कार्यक्रमको समापन र धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जयकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

उक्त कार्यक्रम को सुरक्षा र ब्यबस्थापन मा सुरक्षा र ब्यबस्थापन संयोजक दिपेन्द्र कपाली, उप संयोजक दिपेन्द्र श्रेष्ठ नेतृत्व मा नेवा: खःल पोर्तुगल तदर्थ समिति सदस्य हरु, स्वयंसेवकहरु कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्नु भएको थियो ।

कार्यक्रमको अवधि भर नेवा : खःल पोर्चुगलका सांस्कृतिक टिमका कलाकारहरु सन्जिब श्रेष्ठ, सुरज शुवाल, सुरेश जी.सी, आचल लामा श्रेष्ठ, सपना चित्रकार र ॠतिका बिष्ट श्रेष्ठले नेपाली, नेवारी गीतमा  नृत्यहरू र देउसी भैलो प्रस्तुत गरेका थिए ।

बडा दशै २०८२, दिपावली, नेपाल सम्बत ११४६ र छठ  को अबसर शुभ कामना आदानप्रदान तथा सामूहिक म्ह: पुजा कार्यक्रम को संयोजन नेवा : खल पोर्तुगल का तदर्थ समिति का संयोजक अमूत रत्न शाक्य ज्युले गर्नृ भएको थियो ।

आयोजक समितिका अनुसार, यस्तो सांस्कृतिक कार्यक्रमले परदेशमा बसोबास गर्ने नेपालीहरूबीच सम्बन्ध सुदृढ गर्दै आफ्नो मौलिक संस्कृति र पहिचान संरक्षणमा सकारात्मक सन्देश फैलाएको छ ।

कार्यक्रमको तस्बिरहरू :

 

Leave a Reply