Home Login
संघ-संस्था

नेपाल तामाङ घेदुङ इजरायलको वार्षिकोत्सव तथा अधिवेशन १४ नोभेम्बरमा

इजरायल — नेपाल तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन यहि नोभेम्बर १४ तारिखमा हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि,संकार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागी एकजुट हौऔ ।” भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको हो । वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम इजरायलको तेलअभिव स्थित मातालोन – १७ मा हुने आयोजकले जनाएको छ ।

इजरायलमा रहेका तामाङ समुदायका मानिसहरुले विशेष गरि तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका थिए ।

नेपाल तामाङ घेदुङ इजरायलले वार्षिकोत्सव तथा अधिवेशन तयारीको लागि संस्थाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका व्यक्तिहरुको संयोजकत्व र समन्वयमा समिति निर्माण गरि कामहरु गरिरहेको पनि आयोजक संस्थाले जनाएको छ । यस अधिवेशनले आगामी एक वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । साथै संस्थाले नयाँ सदस्यता लिन र पुराना सदस्यता नविकरणको लागि सबैलाइ जानकारी सहित अनुरोध गरेको छ । नयाँ सदस्यताको लागि २० सेक्केल र पुराना सदस्यता नविकरणको लागि १० सेक्केल शुल्क तोकेको छ ।

नेपाल तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्ति र सुनिश्चितताको लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यक्रमहरुका साथमा पैरवी र बहस गर्दै आएको छ ।

नेपाल तामाङ घेदुङ इजरायलले सन् २०१८ देखि तामाङ शैक्षिक अक्षय कोष स्थापना गरी अक्षय कोष मार्फत नेपालमा रहेका गरिब, जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सहयोग गर्दै आएको नेपाल तामाङ घेदुङ इजरायलका वर्तमान अध्यक्ष मदन नेघी तामाङले जानकारी दिनुभयो । यस संस्थाले विभिन्न समयमा नेपालमा हुने प्राकृतिक विपत्ती र समस्याहरुमा पनि आर्थिक सहयोगहरु गर्दै आएको छ । साथै अध्यक्ष तामाङले वार्षिकोत्सव तथा अधिवेशनको तयारी भईरहेको हुँदा कार्यक्रम सफल बनाउन साथ र सहयोगको लागि सबैलाइ अनुरोध गरेका छन् ।

Leave a Reply