Home Login

युरोपाटी संवाददाता— युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, […]

अशिम लोप्चन तामाङ । स्पेन — एनआरएनए पाईस्भाष्कोले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा गायक यम बरालको साथमा सम्पन्न भएको छ । कार्यक्रममा १२० भन्दा बढी नेपाली जनसमुदायहरुको बाक्लो उपस्थीती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका वरीष्ट उपाध्यक्ष रोसन पाठक सहीत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचीब सान्सावास्तीयन नेपाली समाजका अध्यक्ष, भीक्तोरीया गास्तेजका […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मंगलबार मनाएका छन् । नेवाः खल पोर्चुगलको आयोजनामा लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदानसहित नेवार समुदायहरुको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मनाएको हो । नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र […]

आयरल्याण्ड — गैर आवासीय नेपाली संघ आयरल्याण्ड र बाग्लुङ समाज आयरल्याण्डको संयुक्त आयोजनामा सम्पन्न चैते दशैँ तथा नव वर्ष २०८२ शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत अप्रिल १४ तारिख नयाँ वर्षको दिन सम्पन्न भएको हो। कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटा तथा बाग्लुङ समाज आयरल्याण्डका अध्यक्ष रामकृष्ण सापकोटा, […]

आयरल्याण्ड — प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका सक्रिय युवा साहित्यकार स्पन्दन विनोदका हालै प्रकाशित दुई शोक काव्य अविरल र भुवनेश्वरीको आयरल्याण्डमा विमोचन गरिएको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्ड र बाग्लुङ समाज आयरल्याण्डको संयुक्त आयोजनामा सम्पन्न चैते दशैँ तथा नव वर्ष २०८२ शुभकामना तथा साङ्गितिक साँझमा शब्दार्थ प्रकाशनले २०८१ मा प्रकाशन […]

पोर्चुगल — पोर्चुगलको इमिग्रेसन अफिस आइमा (AIMA) आवद्ध स्थानीय केन्द्र “सेन्टर फर द इन्टिग्रेशन अफ माइग्रेन्ट्स (CLAIM) को सेवा अब नियाल्प पोर्चुगलको कार्यालय लिस्बनबाट सुरु भएको छ । मंगलबार राजधानी लिस्बनमा रहेको नियाल्प कार्यालयमा एक कार्यक्रमका बीच आइमा पोर्चुगल संचालक समितिका अध्यक्ष डा. पेद्रो पोर्तुगाल गास्पर र नियाल्प पोर्चुगलका अध्यक्ष कमल भट्टराईले उक्त सेवाको औपचारिक […]

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत […]

जापान — जापानको अध्यागमनले ८ नेपालीलाई देश निकाला गरेको छ । लामो समयदेखि गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमन मार्फत निष्कासन गरिएको बताइएको छ । जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ । उनीहरूलाई थाइ एयरलायन्स र थाइ […]

विप्लव काफ्ले स्पेन, १ वैशाख । नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको ´नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम` मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए । स्टेज उक्लिँदा ताली पाएका उनले `निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा […]

पोर्चुगल — दक्षिणी युरोपमा कार चोरीको लागि पोर्चुगल सबैभन्दा सुरक्षित स्थानमा रहेको छ । कम्पेयर द मार्केटको नयाँ अध्ययनले युरोपभरि कार चोरीको तथ्याङ्कको विश्लेषण गरेको छ र प्रति एक लाख बासिन्दाहरूमा कार चोरीको उच्चतम दर भएका शीर्ष १० युरोपेली देशहरूलाई सूचीबद्ध गरेको छ । तथ्याङ्क अनुसार, औसतमा प्रत्येक ७० मिनेटमा एक पटक कार चोरी हुन्छ, […]