Home Login

रोमानिया — युरोपेली मुलुक रोमानियामा रहेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता अप्रील १९ शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता अप्रिल २१ तारिख सम्म हुने भएको छ । रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले जानकारी दिए । २०२२ देखि निरन्तर वार्षिक […]

आयरल्याण्ड । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने भएको छ । ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ आयरल्याण्ड को सहकार्यमा हुने भएको हो । दूतावासले […]

इटाली —  युरोपेली संघ (ईयू) ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो । आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, ‘धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा […]

काठमाडौं — नेपालस्थित अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम अप्रिल २८ देखि लागू गर्ने जनाएको छ । २०८२ वैशाख १२ अर्थात अप्रिल २८ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस–१६० भिसा आवेदन फारम साथमा लिएर अन्र्तवार्तामा जानु पर्ने नयाँ नियम […]

पुस्तक रेग्मी —  पोर्चुगल ।  नेपालमा फागुन २९ बाट प्रदर्शनमा आएको चलचित्र ‘एन्जिला’ युरोपेली मुलुक पोर्चुगलमा समेत प्रदर्शन हुने भएको छ । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो । उक्त चलचित्रलाई पोर्चुगलमा नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन […]

काठमाडौं — नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा राजधानीको भृकुटीमण्डपमा फुड फेस्टिभल हुने भएको छ। नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए । […]

काठमाण्डौ । नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो। सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा […]

युरो नेपाल प्रतिनिधी, काजाब्लांका । क्यासेल्लो — एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै’ नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ ।  नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दात्रि संस्थालाई सम्मान गरिएको हो । सो अवसरमा दात्रि संस्थाका […]

न्युजिल्याण्ड — न्युजिल्याण्डमा नेपाल महोत्सव हुने भएको छ । न्युजिल्याण्ड नेपाल सोसाइटिको आयोजनामा अप्रिल १९ मा नेपाल महोत्सव हुन लागेको सोसाइटीका सह सचिव प्रमेश देवकोटाले बताएका छन । न्युजिल्याण्डको अकल्याण्ड सिटीमा हुने नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन हुनेछ । महोत्सवमा ५ हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकको अनुमान छ । स्थानीय नेताहरु र प्रहरी […]

संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्ने भएका हुन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेका […]