साइप्रस — नागरिक बोलीले पहिलो पटक साइप्रसमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ‘साइप्रस नेपाली भ्वाइस’ अब आफ्नो अन्तिम तथा निर्णायक चरणमा प्रवेश गरेको छ । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको फाइनलमा मिङ्गमार दोर्जे लामा प्रवेश गर्न सफल भएका छन् । […]


