Home Login

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत […]

प्रकाश बगाले (प्रधान सम्पादक माल्टा नेपाल अनलाइन) माल्टाको आकाशमुनि फेरि एकपटक नेपाललाई चिनाउनु छ । अर्को सालको नयाँ वर्ष खै कता मनाइन्छ … तर यसपाली मे १४ तारीख माल्टाबाट फेरि नेपाललाई चिनाउछौं । ‘हजारौं नेपालीहरु सपना, भाव, र संकल्प लिएर संघर्षमा हुदै गर्दा देश छोडिए पनि देश बिर्सिएको छैन । भूमि टाढा भएपनि माटोको माया […]

माल्टा — माल्टामा १६औं युरोप क्षेत्रीय सम्मेलन चलिरहेको छ । मार्च २८ तारीख देखि सुरु भएको सम्मेलन ३० तारीख सप्पन्न हुँदैछ । उक्त सम्मेलनमा युरोप तथा अन्य  क्षेत्रबाट सहभागीहरु आइरहदा स्थानीय नेपाली पत्रकारहरुलाई भने  सहभागी गराइएन । यस सम्मेलनमा स्थानीय नेपाली पत्रकारहरूको सहभागिता रोकिएको विषय चर्चाको रूप लिएको छ। नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने उक्त […]

माल्टा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताए। उनले भने, “नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न कोणबाट […]

युरोपाटी संवाददाता —  नेपालमा गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। सेभेन सीजले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन […]

माल्टा । गोजो मन्त्रालयले युलिसिस ग्रोभ क्षेत्रलाई २७-ट्युमोलो पार्कमा रूपान्तरण गर्ने परियोजनाको लागि टेन्डर आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै परियोजनाले परिवार र व्यापक समुदायको आनन्दको लागि आधुनिक र दिगो पार्क सिर्जना गर्ने बताएको हो। यो घोषणा २०१८ मा पूर्व गोजो मन्त्री जस्टिन कारुआनाको नेतृत्वमा यस्तै प्रकारको रिलीज गरिएको थियो, जब यो क्षेत्रलाई […]

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ। होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका […]

अशिम लोप्चन तामाङ । माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ। यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका […]

अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी —  तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै) अशिम लोप्चन। माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्। कला संस्कृति प्रबर्द्धन […]