Home Login
युरोप

माल्टाको समुद्रमा पौडी खेल्ने क्रममा २५ वर्षीय नेपाली युवकको मृत्यु

माल्टा — माल्टाको स्लिएमा क्षेत्रको समुद्रमा पौडी खेल्ने क्रममा एक नेपाली युवकको ज्यान गएको छ ।

नेपाल नवलपरासी दलदले घर भइ माल्टाको क्‍वर्मीमा बसोबास गर्ने २५ वर्षीय न्यौपाने थर भएका  युवक समुद्रमा पौडी खेल्ने क्रममा अचानक गाह्रो महसुस गरी बेहोस भएका थिए ।

लगत्तै मंगलबार बिहान १ बजे साथीहरूको सहयोगमा  युवकलाई मातर देई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेको माल्टाबाट सञ्चालित हुँदै आएको अनलाइन पोर्टल माल्टा नेपाल अनलाइन मा समाचार प्रकाशित भएको छ।

घटनापछि माल्टाबासी नेपाली समुदायमा शोकको लहर फैलिएको छ । मृतकको परिवारलाई  जानकारी गराइ छिट्टै आवश्यक कानुनी प्रक्रिया पूरा गरि शवलाई नेपाल पठाउने तयारी गरिने भएको छ ।

Leave a Reply