Home Login

साइप्रस — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले नेपाल मगर संघ यूरोप शाखा साइप्रसले यस वर्षको माघे सक्रान्ती (माघे) पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ । मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको यो पर्वलाई उल्लासमय वातावरणमा सम्पन्न गर्न संघले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । […]

साइप्रस — साइप्रसको तटीय शहर लार्नाकाले एक ऐतिहासिक उपलब्धि हासिल गर्दै सन् २०३० को लागि ‘युरोपेली संस्कृति राजधानी’ को प्रतिष्ठित उपाधि जितेको छ । साइप्रस राज्य संस्कृति मन्त्रालयले गरेको औपचारिक घोषणा अनुसार, लार्नाकाले अर्को प्रमुख दावेदार शहर लिमासोललाई कडा प्रतिस्पर्धामा पछि पार्दै यो गौरवशाली जिम्मेवारी प्राप्त गरेको हो । यो चयनसँगै लार्नाकाले अब सन् २०३० […]

निकोसिया — साइप्रस र संयुक्त अरब इमिरेट्स (युएई) ले आइतबार निकोसियामा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै रणनीतिक साझेदारीको ‘नयाँ अध्याय’ सुरु गरेका छन् । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको साइप्रस गणतन्त्रमा भएको यो पहिलो आधिकारिक भ्रमण हो, जसलाई दुई राष्ट्रबीचको सम्बन्धमा एक ऐतिहासिक कोसेढुङ्गाका रूपमा लिइएको छ । यो उच्च-स्तरीय भ्रमणले पूर्वी […]

साइप्रस — साइप्रसका प्रमुख विमानस्थलहरू, लार्नाका र पाफोसमा सुरक्षासम्बन्धी गम्भीर कमजोरीहरू रहेको भन्दै युरोपेली युनियन (ईयू) ले चेतावनी दिएपछि विवाद उत्पन्न भएको छ । युरोपेली आयोगले विशेष गरी विमानस्थल सञ्चालनमा निरन्तर कमजोरीहरू देखिएको भन्दै औंला उठाएपछि, उक्त विमानस्थलहरूको व्यवस्थापन सम्हालिरहेको ‘हर्मेस एयरपोर्ट्स’ ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ती आरोपहरूको पूर्ण रूपमा खण्डन गरेको छ […]

साइप्रस — रोजगारी तथा विभिन्न सिलसिलामा साइप्रसमा रहेका नेपालीहरूको साझा संस्था तमु समाज साइप्रसले नेपालीहरूको महान् पर्व तथा तमु (गुरुङ) समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ भव्य रूपमा मनाउने भएको छ । “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, र संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ” भन्ने मूल नाराका साथ, समाजले प्रवासमा पनि आफ्नो […]

लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा  गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन् । संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास  प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन् । नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले […]

साइप्रस —  रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका एक नेपाली युवा गम्भीर सडक दुर्घटनामा परेका छन् । मोरङ जिल्लाका लक्ष्मण श्रेष्ठ गत अक्टोबर ३१ तारिखका दिन साइप्रसमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् । प्राप्त जानकारी अनुसार, श्रेष्ठको हाल साइप्रसको राजधानी निकोसियास्थित ‘जनरल अस्पताल’ मा उपचार भइरहेको छ । दुर्घटनामा परि उनको टाउकोमा गम्भीर […]

साइप्रस — साइप्रसको मौसम विज्ञान विभागले बिहीबार, १३ नोभेम्बर २०२५ का लागि एक शक्तिशाली आँधीबेहरीको पूर्वानुमान गर्दै नयाँ “पहेँलो चेतावनी” जारी गरेको छ । विभागका अनुसार, यो मौसमी प्रणालीले सम्पूर्ण टापुलाई असर गर्नेछ, जसले गर्दा भारी वर्षा, सम्भावित असिना र बलियो हावाहुरीको जोखिम बढेको छ । यो चेतावनी बिहीबार बिहान सबेरै ०३:०० बजेदेखि लागू भई […]

साइप्रस (लिमासोल) — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गरेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत […]

साइप्रस  —  युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले आउँदो नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गर्न लागेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ […]