पोर्चुगल — पोर्चुगलमा क्रियाशील नेपाली महिलाहरूको साझा तथा गौरवशाली संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को भोलि आइतबारका लागि तय गरिएको अधिवेशन स्थगित भएको छ ।
निर्वाचन समितिका संयोजक माया खरेलले आज एक सूचना सार्वजनिक गर्दै विविध कारणवश भोलिको पूर्वनिर्धारित कार्यक्रम रोक्नुपरेको जानकारी दिनुभएको हो । उहाँले संस्थाभित्र आवश्यक छलफल र थप तयारी गरेर अधिवेशनको नयाँ मिति तथा कार्यक्रम यथाशीघ्र अर्को सूचना मार्फत सार्वजनिक गरिने बताउनुभएको छ ।
अन्तिम समयमा आएर कार्यक्रम स्थगित गर्नुपर्दा सम्पूर्ण दिदीबहिनी तथा सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति निर्वाचन समितिले क्षमा समेत मागेको छ ।






