पोर्चुगल — नेपालिज टीभीडीई (TVDE) ग्रुप, पोर्चुगलको तेस्रो महाधिवेशन सन् २०२५ सेप्टेम्बर १६ मा सम्पन्न भएको छ । महाधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
महाधिवेशनमा आदिवासी जनजाति महासंघ, पोर्चुगलका अध्यक्ष चोककुमार थापा मगर प्रमुख अतिथि रहेका थिए भने अध्यक्ष आशिष लामाको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
नयाँ कार्यसमितिको अध्यक्षमा राजन शिवाकोटी चयन भएका छन् । उपाध्यक्षमा आसिष राई र सुवास रेग्मी, महिला उपाध्यक्षमा दामू शेर्पा, महासचिवमा युक बहादुर राना, सचिवमा प्रदीप मिश्र, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सह–कोषाध्यक्षमा महेन्द्र खरेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा दुर्गा पँगेनी, सूर्य प्रसाद अर्याल, प्रविन राई, चन्द्रकुमार तामाङ, प्रसाद तामाङ, हरिकृष्ण पोखरेल, पशुपति बलाल मगर र दिलीप क्षेत्री चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई कार्यक्रमका अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । महाधिवेशनले पोर्चुगलमा रहेका टीभीडीई व्यवसायीहरूबीच एकता र पेशागत पहिचान सुदृढ बनाउने उद्देश्य लिएको बताइएको छ ।





