Home Login

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्ट र गुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् । युरोपमा बस्ने नेपालीहरूको […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]

साइप्रस । साइप्रसमा एक सक्रिय संस्था किरात या¥क्थुङ चुम्लुङ साइप्रसले सिसेक्पा तङ्¥नाम येले तंङ¥वे -५०८४ (साउने सङ्क्राति -२०८१) कार्यक्रम जुलाई २१ तारिख मनाउने भएको छ। भाषा ,धर्म,संस्कार ,संस्कृतिको संरक्षण गरौँ लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔँ भन्ने मूल नाराका साथ यस कार्यक्रम मनाउने भएको हो । कार्यक्रम साइप्रसको पापोस सहरमा रहेको (The Back Street Asian […]

इजरायल । इजरायलले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ । केयर गिभरका लागि अब ८०० जना श्रमिक इजरायल जान पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले उम्मेदावारको लागि आवेदन माग गरेको छ । ८०० मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा उल्लेख छ । ६० प्रतिशत महिला र ४० प्रतिशत […]

साइप्रस । मगर समुदायहरूको एउटा साझा संस्था अथवा छाता नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे संक्रान्ति विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रम-2024 मा आर्थिक,भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु साथै स्थानीय कलाकार हरु लाई सदा उच्च सम्मान गर्दै भेटघाट तथा सम्मान कार्यक्रम गर्ने भएको छ। युरोपेली मुलुक साइप्रसमा रहेको यो संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै […]

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले […]

युरोप । नेपाल पत्रकार महासंघको निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध गरेका छन् । हेर्नुहोस् प्रेस विज्ञप्ति : नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रकृयामा छ । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास / वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर […]

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ। १६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ। ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क […]

युरोप । स्वीडेनले जनवरी र मे २०२४ को बीचमा ११,७६० जना श्रम स्वीकृति जारी गरेको देशको आप्रवासन एजेन्सीले खुलासा गरेको छ । सन् २०२३ को सोही अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको हो । श्रम स्वीकृति प्रदान गर्नेको संख्या ८,१८० रहेको थियो । भारत, टर्की, इरान, चीन र पाकिस्तान २०२४ को पहिलो पाँच महिनामा श्रम […]

साइप्रस । बिहीबार साइप्रस टापुको उत्तरमा भएको कारको ठक्करबाट एक ६१ वर्षीय ग्रीक साइप्रियटको मृ¥त्यु भएको छ। मृतकको पहिचान चारलाम्बोस अनास्तासियोको रूपमा भएको छ। प्रहरीको रिपोर्ट अनुसार : कार दुर्घटना जोडिया गाउँमा दिउँसो ३ बजे भएको थियो। ६१ वर्षीय वृद्धलाई गम्भीर अवस्थामा निकोसियाको उत्तरी भागमा रहेको अस्पतालमा लगिएको थियो। ठक्करबाट सवार अर्को कारमा सवार दुई […]