Home Login
पोर्चुगल

निर्वाचन अघि आप्रवासी निष्कासन प्रक्रिया तीव्र पारिएको होइन : प्रधानमन्त्री

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् ।

उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को जुन महिनादेखि सुरु भएको बताएका छन् ।

प्रधानमन्त्रीले AIMA संस्थाको कार्यक्षमता सात गुणा बढाइएको र हाल ४ लाखभन्दा बढी मुद्दाहरूको प्रक्रिया अगाडि बढिरहेको जानकारी समेत दिएका छन् । साथै, उनले विपक्षी पार्टीहरूलाई सरकारको आलोचना मात्र गर्ने भन्दै उनले विपक्ष पार्टीका नेताहरूलाई आलोचना समेत गरे ।

Leave a Reply