पोर्चुगल — क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानोलाई मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताको सातौं संस्करणमा प्रतिस्पर्धा गर्ने अन्डर-१५ टोलीमा बोलाइएको छ ।
१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्दै आइरहेका छन् ।
रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका थिए ।
पोर्चुगलको यू-१५ टोलीले मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक युवा प्रतियोगितामा जापान, ग्रीस र इंग्ल्याण्डको सामना गर्नेछ ।
स्पेनिस क्लब रियल म्याड्रिडका शीर्ष गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा अझै पनि पोर्चुगलका लागि खेलिरहेका छन् ।