प्रवास

मेयर डिएगो जारागोजी र नेपाल समाज एसोसिएसनका पदाधिकारीबीच भेटवार्ता

अशिम लोप्चन तामाङ ।

स्पेन — कोस्टाब्लान्का आल्टिया नगरपालिकाका डिएगो जारागोजी, (Diego Zaragozí, alcalde मेयर र नेपाल समाज एसोसिएसनका अध्यक्ष केसर बहादुर थापा , उपाध्यक्ष डा. सबिता पाठक बिच भेटबार्ता भएको छ।

भर्खरै सम्पन्न नब निर्बाचित अध्यक्ष केसर बहादुर थापाले गुम्बा मन्दिर बारे उपयुक्त जग्गा र आपसि सम्झदारिमा हरेक दैनिक जसो नेपालिहरुको आगमनले पर्यटकहरुको निम्ति गुम्बा मन्दिर निर्माण बारे छलफल गरेका थिए।

सोहि क्रममा डा. सबिता पाठकले ज्ञापन पत्रमा लेखिएको कुराहरुलाई पढेर ध्यानाकर्षण गराएको थियो उत ज्ञापनमा गुम्बा मन्दिर जग्गा सहितको र कोस्टाब्लानका सम्पूर्ण नेपालि दाजुभाई र यहाँको स्थानियहरुको सम्बन्ध अझै प्रगाढ हुनेमा उपाध्यक्ष पाठकले मेयरलाई भने, समाज निर्माणमा सधै सकारात्मक उर्जा सहित नेपालिहरु प्रति सधा आफुले सकेको नगपालिका सधै  तत्पर रहेको र कुनै कार्यक्रम आयोजना गर्दा नेपाल समाज एसोसिएसनलाई सार्बजिक स्थान चाहिएमा मेयरले निशुल्क उपलब्ध गराउने बचन प्रतिबद्धता गरेका थिए।

दुई देशका नगरपालिकाबीच भविश्यमा आपसी सम्बन्धलाई निरन्तरता दिने बिषयमा कुराकानी भएको थियो।

मेयर सँगको भेटमा  नेपालीहरुले पछिल्लो अबस्थामा भोगेका सम्स्याहरुलाई यथाशिग्र समाधानलाई पहल गर्ने जोड दिएका थिए । नगरपालिका जोआकिम देवेसा क्रेस्पो, काउन्सिलर (Joaquim Devesa Crespo,consejal) सहभागी थिए।

त्यस अवसरमा दुई देशका नगरपालिकाबीच सांस्कृतिक, पर्यटकीय र आर्थिक सम्बन्ध बिस्तार लगायतका विषयमा कुराकानी भएको थियो। गुम्बा मन्दिर जग्गा उपलब्ध नभएसम्म नेपालीहरुको चाडपर्बमा हुने कार्यक्रमहरुको लागि स्थान निशुल्क उपलब्ध गराउने मेयरले प्रतिबद्धता जाहेर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *