पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ।
मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर ३ बजे बनाइनेछ। यस कारण, ३० मार्चको दिनमा मात्र २३ घण्टा हुनेछ।
समय परिवर्तन भए संगै अब गर्मी सिजन सुरु हुने भएकाले मार्चमा हुने समय परिवर्तनलाई गर्मी समयको परिवर्तन समेत भनिने चलन रहेको छ।
त्यस्तै अक्टोबरमा हुने समय परिवर्तन अक्टोबर २८ शनिबार देखि आइतवार २९ बिहान समय परिवर्तन हुन्छ । शनिबार २८ रातको १ बजे पछि २ बज्नु पर्ने समय, एक घन्टा ढिलो भइ पुन १ बज्ने भएकाले २९ अक्टोबरको दिनमा मात्र २५ घण्टा हुनेछ। शनिबार २८ को रातिको समयमा परिवर्तन हुने समयलाई जाडो समयको परिवर्तन समेत भनिने चलन रहेको छ।