Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

बेल्जियममा मनाइयो ग्याल्बो लोसार

ad1 ad1

(पोर्टफोलियोमा राजदुत पछी पत्रकार सम्मानित हुन्छ , नबुझेर ब्यक्ति सस्थाले एनआरएन र स्थानीय संघसंस्थालाई सम्मान दिनु गलत हो – अध्यक्ष गम्बु शेर्पा)

इन्दिरा चाम्लिंग ।

काजाब्लांका क्यासेल्लो — शेर्पा समुदायको नया बर्ष एबम महान चाड ग्याल्बो लोसार बेल्जियममा भब्यताका साथ मनाएको छ ।

शेर्पा किदुक बेल्जियमद्वारा आयोजित ग्याल्बो लोसार तथा साँगितिक साँझ मार्फत संकलित रकम मार्फत ओखलढुंगा स्थित खिजिदेम्बा गाऊँ पालिकालाई एम्बुलेन्स खरिद गरिने बताईएको छ ।

क्यासेल्लो स्थित डोन बोस्कोमा आयोजित कार्यक्रममा बेल्जियमका साथै जर्मनी पोर्चुगल ,नेदरल्यान्ड , फ्रान्स ,बेलायत लगायत छिमेकी देशहरूबाट पनि शेर्पा समाजबाट प्रतिनिधित्व र उल्लेख्य उपस्थिती रहनु कार्यक्रमको अर्को बिशेषता रहेको थियो ।

बौद्ध परम्परा अनुसार धार्मिक पूजा, सांस्कृतिक झाकी एबम शेर्पा भाषामा गायन र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बेल्जियममै जन्मे हुर्केका बालबालिकाहरुले शेर्पा भाषामा गायन तंथा नृत्य पस्किएर गरेर उपस्थित अतिथिहरुलाई रोमान्चित मात्र बनाएनन ।आफ्नो भाषा – धर्म र सस्कृतिलाई परदेशमा समेत अगाध स्नेह सहित जिवन्त राख्न सकेको प्रमाण पेश गरिएको थियो ।

२१५२ औ बौद्ध नया बर्षको अबसरमा आयोजित कार्यक्रममा सहभागिहरुले खिजिदेम्बा गाउपालिकालाई एम्बुलेन्स प्रदान गर्नका लागि स्वेच्छादान सहयोग संकलन गरेका थिए ।

राष्ट्रीय बिकास परिषद सदस्य समेत रहनु भएका खिजिदेम्बा गाउपालिका अध्यक्ष एबम शेर्पा समुदायबाट गायन बिधाका ढुकढुकी समेत रहेका गम्बु शेर्पा बिशेष अतिथी रहनु भएको सो कार्यक्रमबाट उठेको सहयोग रकमले एम्बुलेन्स संचालन गरेर बिकट गाउमा परोपकारी कामहुनेछ ।


परोपकारी सो कार्यका निम्ति सबैभन्दा उच्चतम रकम १ लाख ५० हजार दान गरेका शेर्पा समाजका अग्रज एबम नेफिन र एनआरएनए बेल्जियम पूर्व अध्यक्ष पिजी शेर्पाले गर्नु भएकोछ ।

प्रमुख र बिशिष्ठ अतिथी पछी गैर आबासीय नेपाली संघ र आदिबासी जनजाति महासंघ भन्दा अगाडी बिशेष अतिथी नेपाल पत्रकार महासंघ युरोप लाई बनाईएको नौलोपना थियो ।

कार्यक्रममा राज्यको चौथौ अंग पत्रकार र पत्रकार महासंघ भएकाले मर्यादाक्रममा राज्यको प्रतिनिधी महामहिम राजदुत पछी पत्रकार रहने बताऊदै राष्ट्रीय बिकास परिषद सदस्य गम्बु शेर्पाले शेर्पा समाजले यो सत्य यथार्थलाई ब्यबहारमा लागू गरिएको बताऊनु भयो ।

संसारमा दुताबास नभएको देशमा पत्रकारले दुताबासको काम र देशको प्रतिनिधित्व गर्ने बिश्वब्यापी प्रचलन समेत स्मरण गराऊदै सबै संघसंस्थालाई “पोर्टफोलियो “ बुझेर सम्मान गर्न आग्रह गर्नु भयो ।

अध्यक्ष गम्बु शेर्पाको कथन थियो “ मर्यादाक्रममा राज्यको चौथौ अंग भन्दा अगाडी एनआरएनए ,स्थानीय संघसंस्था हुन सक्दैन , कसैले महामहिम राजदुत पऱ्छी मर्यादाक्रममा पत्रकार बाहेक अरूलाई सम्मान दिन्छ भने त्यो मर्यादाक्रम नबुझ्ने ब्यक्ति संस्था हुन ।

औपचारिक कार्यक्रममा बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता ,बिशिष्ट अतिथी खिजीदेम्बा गाउपालिका अध्यक्ष गम्बु शेर्पा, शेर्पा किदुक केन्द्रीय संघिय परिषद सदस्य ल्हमु शेर्पा, बिशेष अतिथीहरू शेर्पा किदुक युरोपका अध्यक्ष एवम पूर्ब एनआरएनए युरोप संयोजक दावा ग्याल्जेन शेर्पा ,आदिबासी जनजाति महासंघ र एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष र एनआरएन केन्द्रीय सल्लाहकार पिजी शेर्पा ,नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई , एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा , नेफिन बेल्जियमका बरिष्ठ उपाध्यक्ष मुना राई , एनआरएन ग्लोबल अध्यऱ्क्ष पदम गुरुंग ,शेर्पा संघ बेलायत अध्यक्ष रिन्जी शेर्पा रहनु भएको थियो ।

अतिथीहरू प्रवासी मन्च जर्मनी अध्यक्ष पासांग शेर्पा ,शेर्पा किदुक युरोपका निबर्तमान अध्यक्ष फूला शेर्पा,किदुक बेल्जियम निबर्तमान अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा , मगर समाज बेल्जियम अध्यक्ष लोक राना , तमु समाज अध्यक्ष होम गुरुंग , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चामलिंग , तामांग समाज अध्यक्ष राम लामा , याक्थुम चुमलुगका अध्यक्ष वदन योंगहांग , नेपाली जनप्रगतिशिल मन्च युरोप अध्यक्ष चित्र सुबेदी , एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष र हाल केन्द्रीय उपाध्यक्ष गंगाधर गौतम , प्रवासी मन्च बेल्जियम अध्यक्ष बिनोद न्यौपाने ,जनता समाजबादी पार्टी बेल्जियम अध्यक्ष नेत्र मगर ,नेपाली ब्यबशायी सॅघ अंध्यक्ष चिरन कुमार खवास , एनआरएन बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी , नेकपा एमाले बेल्जियम निबर्तमान अध्यऱ्क्ष एबम अन्तराष्ट्रीय कमिटी महिला संयोजक इशाव-चन्द्र कुमारी गुरुंग , जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोबिन्द अधिकारी , नेपाली जनप्रगतिशिल मन्च बेल्जियम उपाध्यक्ष मनिष गुरूंग ,पर्बत समाज अध्यक्ष नन्द कुमारी गुरूंग ,गुल्मी समाज अध्यक्ष कुल बहादुर कार्की ,नवलपरासी समाज अध्यक्ष नरहरी सापकोटा लगायतका बिशिष्ट अतिथी र अतिथिहरुलाई शेर्पा संस्कार अनुरूप सम्मान गरिएको थियो ।

शेर्पा किदुक बेल्जियम आयोजक र हिमालयन सास्कृतिक केन्द्र र शेर्पा युथ ग्रुप बेल्जियम सहआयोजक रहेको कार्यक्रमको संचालन ल्हमु शेर्पाले गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एबम शेर्पा समाज बेल्जियमका अध्यक्ष पेम्बा शेर्पा (पिडी) ले ल्होसार कार्यक्रम सफल बनाउन संस्थाको परोपकारी अभियानमा सहयोग गर्ने , सहभागिती जनाउने सबैलाई धन्यबाद दिनु भएको थियो ।

भरपुर मनेरन्जनका साथ बिहान भालेको डाक सम्म सास्कृतिक कार्यक्रम चलेको थियो । रातभर गीत र नृत्यमा सिंगो नेपाली समुदाय रमेका थिए ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *