Home Login

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ। यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ। अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ? पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै […]

कतार — कतारले अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई आम माफी दिने भएको छ। कतारको आन्तरिक मन्त्रालयले फेब्रुअरी ९ तारिखबाट लागु हुने गरी तीन महिना सम्मका लागि आम माफी दिने घोषणा गरेको हो। यस अन्तर्गत कतारमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिइने मन्त्रालयले उल्लेख गरेको छ। अब कतारी आइडीको म्याद सकिएर नवीकरण नगरेका […]

क्रोएसिया — युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली […]

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

आज फेब्रुअरी ०९, आइतबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसद्वारा ९ अगस्टमा हिमालयन मेला हुदै — नेपालीहरुको विशेष जमघट हुने हिमालयन मेला आगामी अगस्ट महिनाको ९ तारिख, शनिबारका दिन हुने भएको छ। कला, संस्कृति, संगीत […]

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।  आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]

फेब्रुअरी ६ इजरायल — इजरायलले आप्रवासी कामदारहरूको तलबमानमा वृद्धि गरेको छ। इजरायल सरकारले हाल कायम मासिक न्यूनतम तलबलाई ६ प्रतिशतले बढाएको हो। नयाँ तलबमान अनुरुप अब इजराइलमा काम गर्ने आप्रवासी कामदारले न्यूनतम ६ हजार २ सय ४८ इजरायली सेकेल अर्थात् २ लाख ४२ हजार मासिक तलब पाउनेछन्। यस अगि मासिक न्युनतम तलब ५ हजार ८ […]

पुस्तक रेग्मी । युरोप — गएको छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको ६ महिनामा विदेश पढ्न जाने नेपालीले झन्डै ५७ अर्ब रुपैयाँ खर्च गरेका छन्। विवरण अनुसार, साउनदेखि पुससम्ममा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब ८३ करोड […]

ओमान — विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ । आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका […]