थाइल्याण्ड — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको छ ।
मिति २०२५ मे २४ का दिन बसेको एनआरएन थाइल्याण्ड संयोजक समितिको चौथो बैठकले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको सुचना जारी गर्दै अरु पनि मत्वपूर्ण निर्णयहरू गरेको छ ।
एनआरएनए आइसिसीको दोस्रो बैठकले आ–आफ्नै एनसीसीको वेब पोर्टलमार्फत सदस्यता खुल्ला गर्ने निर्णय गरेअनुसार एनआरएनए थाइल्याण्डको आफ्नै वेबसाइट nrnathailand.org तयार भइसकेको छ ।
हाइ लेभल कमिटीको वेब पोर्टल (nrnahlc.com) बाट सदस्यता लिन छुटाउनु भएका व्यक्तिहरूका लागि मिति २०२५ मे २४ देखि जुन २४, २०२५ सम्म nrnathailand.org बाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।
एनआरएनए थाइल्याण्ड संयोजक समितिका सचिव लोकेन्द्र ओलीले सर्वोच्च अदालतको परमादेश अनुसार गठित हाइ लेभल कमिटीमार्फत २०२५ मे ३ देखि ५ सम्म आयोजित एकता महाधिवेशन बाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा निर्विरोध निर्वाचित हुनुभएकोले, उहाँले आफ्नो सचिव पदबाट राजीनामा दिनुभएको छ ।
थप सशक्त र समन्वयकारी कार्य संचालनको लागि संयोजक समितिमा निम्न व्यक्तिहरूको जिम्मेवारी पुनः व्यवस्था गरिएको छ ।जसमा संयोजक संजय ढकाल, उपसंयोजक मदनराज अधिकारी, सचिव सुरज भण्डारी, सह-सचिव अक्कल थापा, कोषाध्यक्ष दिनेश बुढाथोकी, सदस्य हिरा काजी श्रेष्ठ र राम की रहेका छन् ।
सदस्यता प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन निम्न व्यक्तिहरू सम्मिलित सदस्यता भेरिफिकेसन समिति गठन गरिएको छ । मदनराज अधिकारी, सुरज भण्डारी
अक्कल थापा, दिनेश बुढाथोकी रहेका छन् ।
एनआरएन थाइल्याण्डको महाधिवेशन २०२५ जुलाईको पहिलो हप्तामा आयोजना गर्ने निर्णय गरिएको छ ।
यस महाधिवेशनलाई सफल बनाउने सन्दर्भमा थाइल्याण्डस्थित नेपाल राजदूतावास तथा अन्य नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ ।
थप जानकारीका लागि संस्थाको वेबसाइट www.nrnathailand.org अवलोकन गर्न सबै संस्थाले आग्रह गरेको छ ।