रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको छ ।
‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३ जनवरी १ तारिख स्थापना भएको हो ।
संस्थाका अध्यक्ष फुर्साङ लामाको संयोजकत्व र अन्तरास्ट्रिय तामाङ परिषद्को महिला सचिव तथा नेपाल तामाङ घेदुङ रोमानियाको उपाध्यक्ष बुदु माया तामाङको प्रमुख अतिथिमा दोश्रो अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य सचिव विकेश ब्लोन र लक्ष्मी लामाले राख्नु भएको थियो । अध्यक्ष फुर्साङ लामा, वरिष्ट उपाध्यक्ष मोहन ब्लोन, वरिष्ट सल्लाहकार शुरेन्द्र लामा, सल्लाहकार शुरेश तामाङले छ्युमीले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पश्चात सदस्यहरु मान तामाङ, डी बि तामाङ, भुक्ता तामाङ लगायत सदस्यहरुले आफ्नो मन्तव्य साथै सल्लाह सुझाव राखे । संस्थागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मोहन ब्लोन र वरिष्ट सल्लाहकार शुरेन्द्र लामा, उपाध्यक्ष बुदु माया तामाङले राख्नु भएको थियो ।
त्यस्तै संस्था स्थापना कालदेखि हालसम्मको सस्थाको मूल्याङ्कन प्रतिवेदन तथा कार्य गतिविधि घेदुङका अध्यक्ष फुर्साङ लामाले प्रस्तुत गर्नुभयो । त्यस पश्चात अध्यक्ष लामाले कार्यसमिति विघटन भएको घोषणा गर्नुभएको थियो ।
त्यस्तै कार्यसमिति विघटन पछि करिब ३० मिनेटको बन्द सत्र कार्यक्रम राखिएको थियो । बन्द सत्र पश्चात उम्मेदार खुल्ला गरिएको थियो भने सर्वसहमतको निर्णय अनुसार फुर्साङ लामाको अध्यक्षतामा पुन: नयाँ कार्यसमिति चयन भएको थियो ।
वरिष्ट उपाध्यक्षमा मोहन ब्लोन, महिला उपाध्यक्षमा सारा लामा (सरस्वती), महासचिवमा सम्झना लामा, सचिवमा विकेश ब्लोन, सह-सचिवमा थर्चिन मोक्तान, कोषअध्यक्षमा संगम लामा, सह-कोषाध्यक्षमा मीना स्याङतान र प्रवक्तामा मान बहादुर तामाङ ब्लोन रहेका छन् ।
त्यस्तै नयाँ कार्यसमिति सदस्यहरूमा कुन्साङ तामाङ, राजन तामाङ, जित बहादुर घलान तामाङ, रिकेश लामा, टुकु मान लामा, मन कुमारी तामाङ, मेलिना तामाङ, लाखी तामाङ, पुष्पा तामाङ, बिमला लामा, प्रमिला तामाङ, नविना थोकर घलान, शुरेश तामाङ, बिरे तामाङ, पासाङ्ग थोकर, संदेश मोक्तान र सुमन सिँ तामाङ चयन भएका छन् ।
समाजले विभाकिया प्रमुखहरू समेत चयन गरेको छ । जसमध्ये लामा प्रमुखमा छ्योगेल लामा, सास्कृतिक तथा कलाकार विभाग प्रमुखमा समिन मोक्तान, युवा विभाग प्रमुखमा पेमा लामा, संचार तथा प्रचार , प्रसार विभाग प्रमुखमा डी बि लामा तामाङ र खेलकुद विभाग प्रमुखमा होम बहादुर तामाङ रहेका छन् ।
त्यस्तै सक्रिय सदस्यहरूमा आइत तामाङ, सबिन तामाङ, भुवन तामाङ, सालिक राम तामाङ, सन्तोष मोक्तान, सम्बेश लामा, लक्ष्मी लामा, बिनोद बल, भुक्त तामाङ, रंजित तामाङ, शुसन ब्लोन, मीना घिसिङ्ग, रोमी मोक्तान, अन्जु तामाङ, अलिना तामाङ, दीपक योञ्जन, गणेश लामा, टेक बहादुर तामाङ, विवेक तामाङ, अमृत पाख्रिन, भुजुङ लामा, कुमारी डिमडुङ, लक्षुमान तामाङ, मान बहादुर स्याङतान, सीमा तामाङ, दोर्जे तामाङ, आशिष तामाङ, एलिना तामाङ, इश्वोर सिँ तामाङ, श्याम तामाङ र कृष्ण तामाङ रहेका छन् ।
नेपाल तामाङ घेदुङ रोमानियाले दोस्रो अधिवेशनबाट सल्लाहकार समितिहरु समेत चयन गरेको छ । जसमध्ये प्रमुख सल्लाहकारमा लामा मिग्मार ड्रक्पो रेप्पा, वरिष्ट सल्लाहकारमा सुरेन्द्र लामा र बुदु माया तामाङ रहेका हुन् ।
जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन घेदुङको महासचिव सम्झना लामा र सचिव विकेश ब्लोनले सञ्चालन गरेका थिए ।