Home Login
संघ-संस्था

सुदूरपश्चिमेली नेपाली समाजको चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन –२०२५ आयोजना हुदै

पोर्चुगल — सुदूरपश्चिम क्षेत्रको साझा हित, मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने महान उद्देश्यका साथ स्थापना गरिएको सुदूरपश्चिमेली नेपाली समाज – अन्तर्राष्ट्रिय समितिले चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन –२०२५ को आयोजना गर्ने भएको छ ।

सम्मेलन असोज २३, २४ र २५ गते (अंग्रेजी मितिअनुसार अक्टोबर ९, १०, ११) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी, कैलालीमा यो कार्यक्रम आयोजना गर्न लागिएको समितिका सचिव डम्मर बहादुर खड्काले बताए ।

यस ऐतिहासिक सम्मेलनमा समाजसँग आबद्ध सम्पूर्ण संघ–संस्थाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरू, आस्थावान सहयोगी दाताहरू, सहकर्मी संस्थाहरू, बुद्धिजीवी वर्ग र सम्पूर्ण सुदूरपश्चिमप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई समितिले निमन्त्रण समेत गरेको छ ।

सम्मेलनका उद्देश्यमा सुदूरपश्चिमेली प्रवासी समुदायबीच एकता, सहकार्य र आत्मीयता सुदृढ गर्नु, मौलिक भाषा, संस्कृति र पहिचानको प्रवद्र्धन, अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमको सम्मान र गरिमालाई उचो बनाउने हो ।

Leave a Reply