

(चलचित्र पिताम्बर माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुदै, युरोपको अरु देशहरूमा प्रदर्शन गर्न चाहनेहरूले माल्टामा रहेको मगवर्ट प्रोडक्सनलाई सम्पर्क गर्न आग्रह)
माल्टा — नेपालमा चैत्र २९ (अप्रिल ११) शुक्रबार देखि प्रदर्शनमा आउन लागेको चलचित्र पिताम्बर युरोपेली मुलुक माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुने भएको छ ।
माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न लागेको चलचित्रलाई माल्टास्थित इडेन सिनेमासमा प्रदर्शन हुने भएको हो । चलचित्र शुक्रबार र शनिबार गरी दुई शोमा प्रदर्शन हुने भएको हो । चलचित्र पिताम्बर शनिबार र आइतबार राति १० : ४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जानकारी दिएका छन् ।
‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको मगवर्ट प्रोडक्सनले माल्टामा विभिन्न नेपाली चलचित्र प्रदर्शन तथा सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने चलचित्र पिताम्बरको टिकट प्रति व्यक्ति १२ युरो रहेको छ, जसमा टिकटको लागि लिङ्कमा क्लिक गरी टिकट लिनको लागि समेत आयोजक मग्वार्ट प्रोडक्सनले आग्रह गरेको छ ।
नेपालमा उक्त चलचित्र पिताम्बरको मंगलबार, अप्रिल ८ तारिखबाट बुकिङ खुल्ला समेत गरिसकेको छ ।
पछिल्लो समय युरोपमा नेपालीहरूको बाक्लो बसोबास रहेकाले युरोपको विभिन्न देशहरूमा उक्त चलचित्रमा प्रदर्शन गर्न चाहनेहरूले माल्टामा रहेको मगवर्ट प्रोडक्सनलाई सम्पर्क गर्न समेत प्रोडक्सनका संयोजक गणेश लामिछानेले आग्रह गरेका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईको निर्देशन रहेको छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ ।
चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्। चलचित्रमामा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता रहेका छन् ।