Home Login

हाम्रो हालको फेसबुक रिल्स

अशिम लोप्चन तामाङ । स्पेन — स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ माल्टामा आउँदो मार्च ३० तारिखको दिन एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको माल्टा पुगेका खेल प्रेमी नेपालीहरूले उक्त प्रतियोगितामा सहभागी जनाउन सक्नुहुनेछ। […]

माल्टा । गोजो मन्त्रालयले युलिसिस ग्रोभ क्षेत्रलाई २७-ट्युमोलो पार्कमा रूपान्तरण गर्ने परियोजनाको लागि टेन्डर आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै परियोजनाले परिवार र व्यापक समुदायको आनन्दको लागि आधुनिक र दिगो पार्क सिर्जना गर्ने बताएको हो। यो घोषणा २०१८ मा पूर्व गोजो मन्त्री जस्टिन कारुआनाको नेतृत्वमा यस्तै प्रकारको रिलीज गरिएको थियो, जब यो क्षेत्रलाई […]

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ। होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका […]

अशिम लोप्चन तामाङ । माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ। यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका […]

अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी —  तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै) अशिम लोप्चन। माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्। कला संस्कृति प्रबर्द्धन […]

माल्टा — रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टा आएकी एक नेपाली चेलीले सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन्। नेपालमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा माल्टामा मृत्यु भएको एनआरएनए माल्टाले बताएको छ। सन् २०२२ डिसेम्बरमा माल्टा आएकी बरालको जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते भएकी र उनी उपचारत रहेको […]

अशिम लोप्चन तामाङ । माल्टा— मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ। आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ। स्थापना कालदेखि नै माल्टामा सक्रिय संस्था मगर समाज माल्टाले माल्टामा रहेका विभिन्न कामहरूमा हातेमालो गर्दै आइरहेको छ। आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा […]

युरोपाटी सम्पादकीय। माल्टा— युरोपियन मुलुक माल्टामा नेपाली चेली रुस्मा माझी अहिले नेपालको तर्फबाट मिस माल्टाको प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। जनवरी ९ र ११ तारिख हुने मिस माल्टाको सेमिफाइनलमा नेपालीको तर्फबाट प्रतिनिधित्व गरेकी रुस्मा माझीले “समूह ए” बाट जनवरी ९ तारिख आफ्नो प्रस्तुति दिने भएकी छिन्। मिस माल्टाको फाइनल भने जनावरी १२ तारिख हुने भएको छ। […]

माल्टा — माल्टामा सञ्चालित राहदानी तथा कागजात प्रमाणीकरण सम्बन्धी घुम्ती सेवाबाट छ सय अस्सी जना भन्दा बढी नेपालीले सेवा लिएका छन् । स्पेनस्थित नेपाली दूतावासको टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती सेवाबाट ६ सय ८०  सेवाग्राहीले राहदानी तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा लिएका हुन् । घुम्ती सेवामा राहदानी विभागबाट बिदुर खतिवडा, स्पेनस्थित नेपाली दूतावास म्याड्रिडका […]