

पोर्चुगल — गैरआवासीय नेपाली संघको १६ औं यूरोप क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च २८ देखि ३० सम्म माल्टाको एक्स ओडिवाइसी होटलमा आयोजना हुन गइरहेको छ।
गैरआवासीय नेपाली संघका माल्टाको अध्यक्ष रेम्स खनालका अनुसार सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरु माल्टा उत्रिन थालेका छन् ।
सम्मेलन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को मुख्य आयोजना तथा यूरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको हो।
सम्मेलनमा उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख अतिथिको रूपमा रहनेछन्। लगानी बोर्डका प्रतिनिधि हिमाल चन्द्र अर्याल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरू, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा यूरोप र विश्वभरका ३०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
‘नेपालमा लगानी, एकता र समृद्धिका लागि साझेदारी’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनमा विभिन्न विषयमा गहन छलफल गरिनेछ।
मुख्य रूपमा, लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, गैरआवासीय नेपाली नागरिकता, गोर्खाज् मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ताको भूमिका, च्यारिटी तथा मानवीय सहायता, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक विषयहरूमा विशेष चर्चा हुनेछ।
सम्मेलनबाट निष्कर्ष निकाल्दै यूरोप घोषणा पत्र जारी गरिने छ । जसले गैरआवासीय नेपालीहरूका मुद्दा समाधान, नेपालमा लगानी प्रवद्र्धन तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।