

माल्टा — नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ।
मुन लभ इन्टरटेनमेन्ट प्रा. लि.ले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न लागेको हो। माल्टास्थित इडेन सिनेमासमा प्रदर्शन हुन लागेको चलचित्र शनिबार र आइतबार गरी दुई शोमा प्रदर्शन हुने भएको हो। शनिबार चलचित्र राति १० : ४५ बजेबाट प्रदर्शन हुने, आइतबार बेलुकी ९ : १५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जनाएका छन् ।
रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक माल्टा पुगेका नेपालीहरूले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाका लागि काठमाडौंमा घर बनाउने भएको हँदा, नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई सहयोगको स्वरूप चलचित्र हेर्नको लागि समेत मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछाने आग्रह गरेका छन्।
तल दिएको लिङ्कमा क्लिक गरी टिकट लिनको लागि समेत आयोजक मग्वार्ट प्रोडक्सनले आग्रह गरेको छ।
चलचित्रले संघर्ष, मेहनत, लगनशीलता र सफलता सिकाएको छ। निर्देशक मिलन चाम्सले चलचित्रको सन्देश नै संघर्षपछिको सफलता मात्र दीर्घायु हुन्छ भन्ने रहेकाले रिलिजको दोस्रो दिनदेखि देशका विभिन्न
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न उत्प्रेरणा दिने बताए । चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाका लागि काठमाडौंमा घर बनाउन खर्च गरिने घोषणा निर्माता श्रेष्ठले रिलिज अघि नै गरिसकेका छन् ।
‘अञ्जिला’मा एन्जिला स्वयंले मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको चलचित्रमा एन्जिलाका साथै दयाहाङ राई, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको पनि अभिनय रहेको छ ।