नुवाकोट (बेलकोटगढी) — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ९, सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा खेलकुद सामग्री वितरण गरिएको छ । ‘नेपाली जनप्रगतिशिल मञ्च प्रवासी टिम’ र विभिन्न देशमा रहेका समाजसेवी नेपालीहरूको संयुक्त पहलमा हिजो एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । जाडो मौसममा विद्यार्थीहरूलाई राहत […]


