Home Login
राजनीति

समानुपातिक सांसदका लागि विदेशबाट को को भए सिफारिस ?

पोर्चुगल — नेपालमा फागुनमा हुने संघिय संसदको निर्बाचनका लागि प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिने बिषयमा लामो बहस र छलफल भए पनि सम्भब हुन् सकि रहेकोछैन । विदेशका नेपालीहरुले यो पटक मत हाल्न नपाए पनि बिभिन्न राजनीतिक दलहरुले प्रवासबाट पार्टीको लागि काम गरिरहेका आफ्ना कार्यकर्तालाई उम्मेदवार बनाउन नाम संकलन गरेका छन् ।

आज निर्बाचन आयोगमा समानुपातिकका लागि नाम बुझाउने अन्तिम दिन भएकोले विदेशमा बस्ने नेपाली नेताहरु को-को उम्मेदवार हुन्छन, पार्टीहरुले आयोगमा बुझाएका बन्द सुची सार्बजनिक भएका छैनन तर त्यस प्रयोजनका लागि बिभिन्न पार्टी कमिटीले सामानुपातिक सांसदका लागि विदेशबाट उम्मेदवार सिफारिस गरेकाछन् ।

नेकपाको समानुपातिक सुचिमा बेल्जियम निवासी चित्र सुबेदी सिफारिस भएकाछन । एनआरएनए बेल्जियमका पुर्ब अध्यक्ष सुबेदी जनप्रगतिशिल मंच युरोपका अध्यक्ष हुन, त्यसै गरि कृष्णकुमार राई -भोजपुर हाल बेलायत, माया लोप्चन -(नुवाकोट हाल साइप्रस,र राममाया वि.क,धादिङ्ग हाल पोर्चुगल पनि नेकपाको समानुपातिक सांसदको लागि सिफारिस भएका छन ।

त्यसै गरि पुर्ब नेकपा समाजबादी कार्यकर्ता जापानबाट दोर्ण सिलवाल, अमेरिकाबाट सीता खरेल, कुवेतबाट देवशमसेर घिसिङ र कतारबाट सनोबर जँहा पनि नेकपाको समानुपातिक सांसदका लागि सिफारिस भएकाछन् ।

नेपाली कांग्रेसका नेताहरु आनद बिष्ट अमेरिका र मनोज गोर्खाली संयुक्त अरब अमिरात पनि आ-आफ्नो जिल्लाबाट सिफारिस भएका छन ।

गरेकाछन नेकपा एमालेले प्रवासबाट समानुपातिक सांसदका लागि यस पटक सुचिनै नमागेको प्रवासी नेपालि मंच युरोपका सचिब सालिक थपलियाले जानकारी गराएक छन ।

रास्वापाबाट अब्दुल क्रिम मिया चितवन हाल कतार ,भुपाल भण्डारी जापान हाल साउदी अरब, दीपक सुनुवार, भक्तपुर हाल अमेरिका,प्रेमराज ढकाल भोजपुर हाल दूबई, राजु कार्की रुपन्देही हाल कुबेत, अनिश अधिकारी कपिलबस्तु हाल डेनमार्क,रमेश बेलबासे दाङ्ग हाल बेलायत,होमनाथ अधिकारि चितवन हाल नर्वे ,किशोर गन्धर्व तनहु हाल जर्मनी,अर्जुन भण्डारी कंचनपुर हाल भारत सुबाश पन्थी अर्घाखाची हाल भारतले समानुपातिक संसदका लागि उमेद्वारीमा दाबि गरेकाछन तर तर आन्तरिक निर्बाचनमा थोरै मत ल्याएकोले उनीहरु सुचिमा समाबेश हुने निश्चित छैन ।

Leave a Reply