Home Login
प्रवास

पर्वत वेलफेयर सोसाइटी यूकेको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा सुरज पौडेल

यूके — पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् भने महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला गुरुङ चुनिएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य चयन भए ।

यसै गरि कार्यसमिति सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा, जुना दर्लामी, चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान, पम्फा थापा र सोनिया गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराएका थिए भने निर्वाचन समितिका प्रमुख संयोजक एवम् सोसाइटीका संस्थापक अध्यक्षसमेत रहेका एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, निर्वाचन समितिका सदस्यहरु पूर्व अध्यक्षहरु पुरन गिरी, दधि आचार्य र नेत्र आलेले खादासहित बधाइ दिए ।

नवनिर्वाचित अध्यक्ष सुरज पौडेलले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरिएकोमा खुशी व्यक्त गर्दै सबैप्रति धन्यवाद व्यक्त गरे ।

Leave a Reply