अशिम लोप्चन तामाङ ।
स्पेन — अन्तर्राष्ट्रिय बागलुङ समाज अध्यक्षमा बेल्जियम निबासी गंगा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएकोछ । शनिबार बाग्लुङ्ग जिल्ल्ला सदरमुकाम बागलुङ बजारमा भएको तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिबेशनले बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा कुलानन्द शर्मा, रत्न बहादुर बिक, राजबिन थापा तथा महासचिबमा प्रेम सागर पौडेल, सचिबमा राजु थापा, राजन गौचन, महिला सचिबमा प्रगती शर्मा, कोषाध्यक्षमा जयलाल न्यौपाने, र सहकोषाध्यक्षमा ज्ञानु गौतमलाई चयन गरेको छ । त्यस गरि युरोप संयोजकमा छबि पौड्याल, भोग बहादुर कुँवर मध्यपूर्व,मिलन खड्का अमेरिका, रमहेंद्र पिसिलाई एसिया संयोजकमा चयन हुनुभेकोछ।
सदस्यहरुमा गिरि प्रसाद शर्मा, ओमकार लामिछाने,बिदुर गौतम,इन्दिरा रिजाल,यमुना शर्मा, तिलु पुन थापा,दीपक सुबेदी,नेत्र काउचा,चन्द्र नेपाली, विकल प्रताप शिंह,भिम गैरे र भुवन कंडेललाई चयन गरिएकोछ। निर्वाचन समितिका संयोजक एकराज गिरीले सर्बसम्मत कार्यसमिति निर्बाचित भएको जानकारी गराउनु भएकोछ।
बागलुङ समाजले पहिलो पटक गृहजिल्लामा अधिवेशन गरेको हो । अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसनको गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
अधिबेशनमा आफ्नो मन्तब्य राख्दै खड्काले वैदेशिक रोजगारी र अध्ययनकालागि गएका युवा नेपालमा फर्केर विकासमा सहभागि बन्नुपर्ने बताउउनु भयो। देशबाट युवाहरु पलायन हुने प्रवृत्ति अन्त्य गर्न राजनीतिक दल, सामाजिक अगुवा र स्वयं गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालको विकासमा सबै मिलेर सहयोग गर्ने बताउनभुयो ।
श्रेष्ठले नेपालीको आर्थिक अबस्थामा सुधार आउने गरी बिकासका काम सुरु गर्नु पर्ने र त्यसका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विदेश विभाग संयोजक किरण पौडेलले लगानीलाई एकीकृत गर्न एनआरएनको भूमिका हुनु पर्ने धारणा राख्नुभयो । एनआरएनएलाई समेट्ने नीति बनाएर सरकारले उनीहरु संग साझेदारी गर्नुपर्ने बताउनुभयो।
समाजका कावा अध्यक्ष दीपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक शर्माको संचालन गरेको कार्यक्रममा स्पेन शाखाकी अध्यक्ष प्रगती शर्माले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो। नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी,माओवादीका जिल्ला सचिवालय सदस्य कुमारविक्रम क्षेत्री, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले प्रवासमा रहेका बाग्लुङ्गबासीको एकता बलियो बनाउन अधिबेशन सफल होस् भन्दै अधिबेशनको सफलताको शुभकामना दिनुभएको थियो ।
त्यसै गरि समाजका सल्लाहकार सोम सापकोटा, गंगाप्रसाद शर्मा, चिन्तामणी सापकोटा, भर्चुअल माध्यमबाट अमेरिका निवासी गौरीश्वर शर्मा, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक एकराज गिरि, संरक्षक रमेश भट्ट, संस्थापक होमनाथ शर्मा, एनआरएनए आइसिसीका प्रवत्ता गंगाधर गौतम, बागलुङ समाज अक्षयकोषका अध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य लगायतले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।