काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ ।
समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ ।
वैशाख २० देखि २२ सम्म काठमाडौँमा महाधिवेशनमार्फत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गर्न वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती र सेवानिवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ। अधिवक्ता लेखतबहादुर खड्काले समितिको सदस्यसचिवका रूपमा काम गरिरहेका छन् ।
उच्चस्तरीय समितिले एकता महाधिवेशनका निम्ति प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३२ सयजनाको आवेदन परेको जनाएको छ । प्राप्त आवेदनको छानबिन गरी प्रमाणीकरण गर्ने कार्य भइरहेको पनि समितिले जनाएको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको प्रथम मतदाता नामावलीको सूची: