Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

शेर्पा किदुग पोर्चुगलले मार्च ३० तारिख ‘ग्याल्पो ल्होसार’ मनाउने

पोर्चुगल (लिस्बन) — अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका शेर्पा समुदायहरूको छाता संस्था शेर्पा किदुग पोर्चुगलले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ।

आगामी मार्च ३० तारिख लिस्बनस्थित न्यू सिटि ओक मुन्डोमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका शेर्पा समुदाय र नेपालीहरूको संस्कृति, परम्परा तथा एकताको भावनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक शेर्पा किदुग पोर्चुगलले बताए ।

‘लोसार साँझ साँस्कृतिक कार्यक्रम’ नाम दिएको उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू, परम्परागत नृत्य, मनोरञ्जनात्मक कार्यक्रमहरू तथा नेपाली खाना र परिकारहरूको विशेष व्यवस्था समेत गरिएको आयोजकले भने !

आयोजक शेर्पा किदुक पोर्चुगलले पोर्चुगलस्थित नेपाली समुदायलाई सहभागी हुन आग्रह गर्दै ‘ लोसार साँझ साँस्कृतिक कार्यक्रममा सहभागी भई नेपाली संस्कृतिको जगेर्ना गर्न तथा आपसी सद्भाव बढाउन पोर्चुगलवासी  नेपाली समुदायलाई निमन्त्रणा समेत गरिएको छ ।

ग्याल्पो लोसार महत्व —

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा समेत दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।

ग्याल्पो लोसार मनाउनुका कारणहरू

नयाँ वर्षको स्वागत :

ग्याल्पो लोसार पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको शुभारम्भको रूपमा मनाइन्छ।

ग्याल्पो धर्मराजको सम्झना :

ऐतिहासिक रूपमा, यो पर्व तिब्बती सम्राट “ग्याल्पो” धर्मराजसँग सम्बन्धित छ, जसले तिब्बती सभ्यता र धर्मको उन्नयनमा ठूलो योगदान दिएका थिए।

धार्मिक महत्त्व :

यस अवसरमा बौद्ध गुम्बाहरूमा विशेष पूजापाठ, मन्त्र जप, र धार्मिक अनुष्ठान गरिन्छ। बुद्ध, गुरु पद्मसम्भव र अन्य बौद्ध देवताहरूको पूजा गरिन्छ।

सांस्कृतिक तथा पारिवारिक उत्सव :

परिवार तथा समुदाय भेला भएर विशेष परिकारहरू तयार गर्छन्, जस्तै खाप्से, गुन्द्रुक, सुकुटी, आदि। परम्परागत नृत्य (दम्फु नाच), गीत, तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ।

नकारात्मक शक्तिहरू हटाउने परम्परा :

लोसारको अघिल्लो दिन पुरानो वर्षका नकारात्मकता हटाउन घर सफा गर्ने, पुराना नराम्रो कुराहरू विसर्जन गर्ने परम्परा छ।

ग्याल्पो लोसार केवल नयाँ वर्षको आगमन मात्र होइन, यो शेर्पा समुदायको पहिचान, संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्व हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *