Home Login

पोर्चुगल — लोकप्रिय गायक राजेश पायल राई अर्थात राई इज किङ आफ्नो सांगीतिक कार्यक्रमको लागि जनवरी २३ तारिख शुक्रबार पोर्चुगल आइपुगेका छन् । जनवरी २५ अर्थात आइतबारका दिन लिस्बनमा आयोजना हुने ‘राजेश पायल राई लाइभ इन पोर्चुगल’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी पोर्चुगलको राजधानी लिस्बन आइपुगेका हुन् । लिस्बनको‌ विमानस्थलमा गायक राईलाई आयोजक संस्था नेपाल […]

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियालाई आफ्नो कर्मथलो बनाइरहेका नेपालीहरू संगठित हुन थालेका छन् । क्रोएसियामा छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ हालै ‘नेपाली स्वतन्त्र समाज क्रोएसिया’ को औपचारिक गठन गरिएको छ । समाजकी नवनियुक्त कोषाध्यक्ष लक्ष्मी के.सी.का अनुसार, यो संस्थाको स्थापना मुख्यतः प्रवासमा रहेका […]

मदेईरा — पोर्चुगलको मडेरास्थित फन्चलमा रहेको विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको शालिकमा भएको आगजनीको घटनाले अहिले सर्वत्र चर्चा र आलोचना पाइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो फुटेजमा एक व्यक्तिले सीआर सेभेन (CR7) संग्रहालयको ठीक बाहिर अवस्थित उक्त प्रतिष्ठित शालिकमा आगजनी गरिरहेको दृश्य कैद भएको छ, जसले स्थानीय बासिन्दा र रोनाल्डोका विश्वभरका प्रशंसकहरूलाई […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गरिरहेका नेपाली आप्रवासीहरूको हकहित संरक्षण तथा समस्या सम्बोधनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले यहाँ सक्रिय सम्पूर्ण नेपाली संघसंस्थाहरूको विवरण माग गरेको छ । दूतावासले आज (२१ जनवरी २०२६) एक सार्वजनिक सूचना जारी गर्दै पोर्चुगलमा क्रियाशील विभिन्न सामाजिक तथा सामुदायिक संस्थाहरूलाई आफ्नो आधिकारिक विवरण दूतावासमा उपलब्ध गराउन अनुरोध गरेको […]

लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले पोर्तो शहरमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले आगामी जनवरी २४ र २५ (शनिवार र आइतवार) का दिन पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवाहरू प्रदान गर्न लागेको हो । यसअघि नै सूचना जारी गरी जानकारी गराइएको […]

लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीहरूका लागि नयाँ सूचना जारी गरेको छ । दूतावासले मंगलबार (२० जनवरी २०२६) एक विज्ञप्ति जारी गर्दै ‘लट ८’ अन्तर्गतका राहदानीहरू तयार भई वितरणका लागि उपलब्ध भएको जानकारी गराएको हो । लामो समयदेखि राहदानीको पखाईमा रहेका आवेदकहरूको राहदानी अब दूतावासमा आइपुगेको छ । दूतावासले सार्वजनिक गरेको […]

कोर्डोबा (स्पेन) – कोर्डोबाको अदामुजमा दुई उच्च गतिका रेलहरू एकआपसमा जुधेर भएको भयानक दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याएको छ । यस त्रासदीपूर्ण घटनामा हालसम्म ४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यद्यपि, रेलको भग्नावशेषबाट खोजी कार्य जारी नै रहेको र अधिकारीहरूले निश्चित मृत्यु संख्या तोक्न नसकेको अवस्थाले यो दुर्घटना कति भयावह छ भन्ने कुरालाई […]

स्पेन — स्पेनको दक्षिणी भागमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ४३ जना गम्भीर घाइते भएका छन् । रेल दुर्घटनामा मृत्यु हुने अधिकांश अगाडिको डिब्बामा बस्ने यात्री रहेको जनाइएको छ । स्पेनको रेल निकाय एडी-आईएफका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आइतबार, जनवरी १८ मा भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अब मुलुक दोस्रो चरणको निर्वाचन तर्फ धकेलिएको छ । निर्वाचन आयोगको प्रारम्भिक नतिजा अनुसार मुख्य प्रतिस्पर्धीहरू कसैले पनि ५० प्रतिशतको जादुई आँकडा पार गर्न सकेनन् । यससँगै आगामी फेब्रुअरी ८ मा हुने दोस्रो चरणको […]

लिस्बन (पोर्चुगल) —  नेपाली सांगीतिक क्षेत्रका पछिल्लो समयका सर्वाधिक लोकप्रिय एवं युवा पुस्ताका ढुकढुकी बन्न सफल गायक सुजन चापागाईं आफ्नो सांगीतिक ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोप भ्रमणमा आउने भएका छन् । प्रवासमा रहेका नेपाली संगीत प्रेमीहरूलाई लक्षित गर्दै सन् २०२६ मा आयोजना हुन लागेको ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ अन्तर्गत गायक चापागाईंले […]