Home Login
पोर्चुगल

राष्ट्रपति चुनाव २०२६ ; सेगुरोको सानदार विजय

पोर्चुगल — पोर्चुगलमा सम्पन्न २०२६ को राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । आँधीबेहरी र खराब मौसमका कारण स्थगित भएका स्थानहरूमा फेब्रुअरी १५, आइतबार मतदान सम्पन्न भएसँगै एन्टोनियो जोसे सेगुरो गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएका छन् । यो अन्तिम चरणको नतिजाले सेगुरोको जितलाई थप फराकिलो र सुनिश्चित बनाएको छ ।

प्राकृतिक विपत्तिका कारण आठ वटा नगरपालिकाका २० वटा पारिस तथा मतदान केन्द्रहरूमा निर्वाचन प्रक्रिया प्रभावित भएको थियो, जसलाई आइतबार सम्पन्न गरिएको हो । राष्ट्रिय निर्वाचन आयोग (CNE) का अनुसार यी प्रभावित क्षेत्रहरूमा ३६,८५२ मतदाताहरू दर्ता भएका थिए । रोचक कुरा के छ भने, आइतबार सम्पन्न भएको यो दोस्रो चरणको स्थगित मतदानमा पनि सेगुरोले सबै पारिसहरूमा विजय हासिल गर्दै आफ्नो लोकप्रियता पुनः पुष्टि गरेका छन् । यो नतिजाले उनको ‘निर्विरोध’ जस्तै देखिने विजयलाई वैधानिकता प्रदान गरेको छ ।

समग्र निर्वाचनको अन्तिम मत परिणामअनुसार एन्टोनियो जोसे सेगुरोले कुल मतको ६६.८३ प्रतिशत प्राप्त गरेका छन् । यो प्रतिशत ३५ लाख ५ हजार ८ सय ४६ मत हुन आउँछ । यसका साथै उनले अघिल्लो गणनाभन्दा आफ्नो अग्रतालाई थप ०.०१ प्रतिशतले बढाउन सफल भए । अर्कोतर्फ, उनका प्रतिद्वन्द्वी आन्द्रे भेन्चुराले ३३.१७ प्रतिशत अर्थात १७ लाख ३९ हजार ७ सय ४५ मतमा चित्त बुझाउनु परेको छ । स्थगित भएका क्षेत्रहरूको नतिजा आएसँगै २०२६ को चुनावी प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ र सेगुरोको राष्ट्रपतीय कार्यकालको लागि मार्ग प्रशस्त भएको छ ।

Leave a Reply