Home Login

बेलायत — प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल […]

क्यानडा — क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]

पोर्चुगल — २३ हजार ५ सय आप्रवासीहरूको बसोबास अनुमति आवेदन अस्वीकृत भएको छ । जसमध्ये ४ हजार ५ सयलाई २० दिन भित्र देश छोड्ने सूचित गरिएको छ । एकीकरण, आप्रवासन र शरण एजेन्सी (AIMA) को मिसन संरचना सकिनु भन्दा एक महिना अघिको प्रतिवेदनमा एक्सप्रेसोलाई बताए अनुसार, १ लाख २३ हजार आवास अनुमतिहरू पहिले नै स्वीकृत […]

पोर्चुगल — नेपाली राजदूतावास लिस्बनले शुक्रबार एकैचोटि दुईवटा सूचना सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो सार्वजनिक गरेको दुई सूचनामध्ये एक सूचनामा उल्लेख भए अनुसार, सार्वजनिक बिदा सम्बन्धी सूचना र अर्को सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक गरेको सूचना प्रकाशित भएको हो । राजदूतावास लिस्बनले बारम्बार जानकारी गराउँदा पनि  धेरैजना सेवाग्राहीहरू राति वा बिहान सबेरै देखि राजदूतावास वरिपरि […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ) नाच आयोजना हुने भएको छ । आगामी २६ मे सोमबार आयोजना हुन लागेको कार्यक्रम पोर्चुगलमा रहेको रेस्टुरेन्ट माकी म्याजिक सुशी रेस्टुरेन्ट एण्ड बारमा हुने भएको हो । सो कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएको सस्थाका […]

अशिम लोप्चन तामाङ । माल्टा — पछिल्लो समय स्वदेश तथा विदेशमा नेपाली चलचित्र लगायत गीत, संगीतलाई निकै रुचाउन थालेका छन् । त्यसो त प्रदेशीयका नेपालीहरू नेपाली चलचित्र भनेपछि हुरुक्कै हुने गर्दछन् । विदेशमा नेपालीहरु २४ घण्टा काम गरेर एकदिन छुट्टी, निकालेर चलचित्र हेर्न जानको लागि निकै आतुर समेत हुने गर्दछन् । नेपालमा शुक्रबार (वैशाख २६) […]

काठमाडौं — सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।  यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको […]

पेरिस सेन्ट (जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमीफाइनलको दोस्रो लेगमा पीएसजीले आर्सनललाई २-१ ले पराजित गरेको हो। पहिलो लेगमा १-० को जित निकालेको पीएसजीले समग्रमा ३-१ को जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको […]

पोर्चुगल — नेपालमा शुक्रबार (वैशाख २६) देखि प्रदर्शनमा आउन लागेका नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे १८ देखि प्रदर्शन हुने भएको छ । राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले जानकारी […]

म्यानचेस्टर — बेलायतकै पुरानो नेपाली सस्था नेपलिज ऎशोसियसन युके (हिमालयन यति) ले हिजो म्यान्चेस्टरमा विभिन्न क्षेत्रका युवाहरुसंग छलफल कार्यक्रम सम्पन गरेको छ । नमस्ते नेपाल रेस्टुरामा सम्पन्न छलफल कार्यक्रममा यति हिमालयनका अध्यक्ष पुष्प श्रेष्ठले बेलायतमा बस्ने नेपाली युवाहरुलाई आफुहरुले समेटेर आगाडी बढ्नको लागि युवामैत्री कार्यक्रमहरु गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा यति हिमालयनका अध्यक्ष […]