Home Login

क्रोएसिया — युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली […]

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

आज फेब्रुअरी ०९, आइतबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसद्वारा ९ अगस्टमा हिमालयन मेला हुदै — नेपालीहरुको विशेष जमघट हुने हिमालयन मेला आगामी अगस्ट महिनाको ९ तारिख, शनिबारका दिन हुने भएको छ। कला, संस्कृति, संगीत […]

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।  आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]

फेब्रुअरी ६ इजरायल — इजरायलले आप्रवासी कामदारहरूको तलबमानमा वृद्धि गरेको छ। इजरायल सरकारले हाल कायम मासिक न्यूनतम तलबलाई ६ प्रतिशतले बढाएको हो। नयाँ तलबमान अनुरुप अब इजराइलमा काम गर्ने आप्रवासी कामदारले न्यूनतम ६ हजार २ सय ४८ इजरायली सेकेल अर्थात् २ लाख ४२ हजार मासिक तलब पाउनेछन्। यस अगि मासिक न्युनतम तलब ५ हजार ८ […]

पुस्तक रेग्मी । युरोप — गएको छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको ६ महिनामा विदेश पढ्न जाने नेपालीले झन्डै ५७ अर्ब रुपैयाँ खर्च गरेका छन्। विवरण अनुसार, साउनदेखि पुससम्ममा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब ८३ करोड […]

ओमान — विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ । आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए। कार्यक्रममा पोर्चुगलका विभिन्न […]

अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी —  तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]