पोर्चुगल — ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले गत मार्च १० सोमबार पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली राजदूतावास पोर्चुगलका दित्तिय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पोर्चुगलमा पहिलोपटक स्थापना भएको राजदूतावासले केही प्रक्रियाहरू पूरा गरी छिटै सेवाग्राहीहरुलाई सेवा दिने समेत बताएका छन्।
पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूले भर्खरै स्थापना भएको राजदुतावासलाई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनको लागि दित्तिय सचिव नेपालले आग्रह समेत गरेका छन्।
यस्तै कार्यक्रममा अतिथिहरुमा परराष्ट्र मन्त्रालयका लेखा कर्मचारी टिका राम शर्मा , संस्थाका संस्थापक अध्यक्ष निर्मला ढकाल, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप संयोजक रोबर्ट लिम्बु, आईसिसि सदस्य राजकुमार थापा, पुर्ब आईसिसि सदस्य धन शेर्पा, एनआरएन पोर्चुगलका संरक्षक यामेन्द्र घर्ती, जनसम्पर्क समिती पोर्चुगलका सभापति युबराज पन्थी, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष दिपक खत्री, एनआरएन पोर्चुगलका उपाध्यक्ष तथा दाङ स्पोर्टस क्लवका अध्यक्ष शिब सागर बुढाथोकी, पत्रकार महासंघ युरोप शाखाका उप महासचिव कलश खरेल, सुदुरपश्चिम नेपाली समाज पोर्चुगलका अध्यक्ष दिपेश बिष्ट, स्याङजा सहयोग समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढाप्रिथी, मगर संघ पोर्चुगलकि उपाध्यक्ष चु माया थजाली लगायत थुप्रै व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले महिला दिवसको ईतिहास स्मरण गर्दै यसको महत्वको बारेमा स्पष्ट पारिन । साथै अध्यक्ष अधिकारीले सबै महिलाहरू सबल र सक्षम हुनु पर्नेमा जोड दिदै , महिलाले आफूले आफुलाई बिश्वास र माया गर्ने , आफुमाथि लगानि गर्ने , आर्थिक, शैक्षिक , सामाजिक र राजनितिक रूपमा मजबुत बन्दै अगाडि बढ्न महिलाहरु अनुरोध गरेकी थिईन्।
संसंथाले संस्थापक अध्यक्ष निर्मला ढकाल, महिला उद्यमी मिरा कार्की, लोकदोहोरी गायक अर्जुन सुनाम, गायिका गिता रेउले कला पङ्गेनी, नृत्यकार देबी गर्बुजा मगरलाई कार्यक्रमको अवसरमा सम्मान स्वरूप सम्मानपत्र समेत प्रदान गरेको थियो।
बिगतका बर्षहरुमा विभिन्न किसिमका चेतनामुलक कार्यक्रम तथा अन्तरक्रियाहरू गर्दै आइरहेको वोमन एशोसिएसनले यस बर्ष साँस्कृतिक कार्यक्रमलाई जोड दिएर कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।
पछिल्लो समय पोर्चुगलमा निकै सक्रिय रहेको संस्था वोमन एशोसिएसनले गत फेब्रुअरीमा ५३ जना सहभागिलाई पोर्चुगलको ३ प्रसिद्ध स्थानहरूको एक दिने भ्रमण कार्यक्रम समेत सम्पन्न गरेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले आ-आफ्नो धारणाहरु समेत व्यक्त गरेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन गायिका कला पंगेनीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष दिपा लिम्बु र गिता रेउलेले गरेका थिए ।
Leave a Reply