Home Login

नुवाकोट (बेलकोटगढी) — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ९, सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा खेलकुद सामग्री वितरण गरिएको छ । ‘नेपाली जनप्रगतिशिल मञ्च प्रवासी टिम’ र विभिन्न देशमा रहेका समाजसेवी नेपालीहरूको संयुक्त पहलमा हिजो एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । जाडो मौसममा विद्यार्थीहरूलाई राहत […]

पोर्चुगल — नेपालमा फागुनमा हुने संघिय संसदको निर्बाचनका लागि प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिने बिषयमा लामो बहस र छलफल भए पनि सम्भब हुन् सकि रहेकोछैन । विदेशका नेपालीहरुले यो पटक मत हाल्न नपाए पनि बिभिन्न राजनीतिक दलहरुले प्रवासबाट पार्टीको लागि काम गरिरहेका आफ्ना कार्यकर्तालाई उम्मेदवार बनाउन नाम संकलन गरेका छन् । आज निर्बाचन आयोगमा समानुपातिकका […]

लिस्बन (पोर्चुगल) —  क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लिस्बनको अल्कान्तारामा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा कार्यालय केही दिनका लागि बन्द रहने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै बिदा र सेवा पुनः सञ्चालन हुने मितिबारे जानकारी गराएको हो । जारी सूचना अनुसार, डिसेम्बर २४ तारिखदेखि कार्यालयका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् […]

काठमाडौं — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युरोपेली मुलुक पोर्चुगल र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० मा बसोबास गर्दै आएका तनहुँका ३२ वर्षीय रोविन जीआर र काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्ने ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगर रहेका छन् । उनीहरूलाई […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]

स्पेन — युरोपेली संघ (इयु) ले आप्रवासन सम्बन्धि कडा नीतिलाई अगाडि सारेको छ । इयुका अधिकांस देश कडा नियमको पक्षमा देखिएका छन् । यद्यपि यो नीति संसदबाट पारित हुन भने बाँकी छ । प्रस्तावहरू अब युरोपेली परिषद्ले युरोपेली संसदका ७ सय २० सदस्यहरू बीचको वार्ताबाट टुंगो लगाउनेछ । जसले परिवर्तनहरूलाई अनुमोदन, संशोधन वा अस्वीकार गर्न […]

पोर्टो (पोर्चुगल) — पोर्चुगलका प्रधानमन्त्री तथा सोशल डेमोक्र्याटिक पार्टी (PSD) का अध्यक्ष लुइस मोन्टेनेग्रोले देशको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने उद्देश्यका साथ ज्याला वृद्धिको नयाँ र निकै महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ । पोर्टोमा आयोजित सामाजिक-लोकतान्त्रिक मेयरहरूको १० औं राष्ट्रिय कांग्रेस (ASD) को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अबको लक्ष्य न्यूनतम ज्याला १ हजार ६ सय […]

लिस्बन – सरकारले मुलुकमा अनियमित (अवैध) अवस्थामा रहेका विदेशी नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने सम्बन्धी कानुनी व्यवस्थालाई थप कडा र व्यवस्थित बनाउने तयारी थालेको छ । अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रियालाई अझ प्रभावकारी, चुस्त र मानवीय बनाउने उद्देश्यसहित सरकारले नयाँ नियामक ढाँचाको मस्यौदा सार्वजनिक छलफलका लागि खुला गरेको हो । सरकारले अघि सारेको यो नयाँ प्रस्तावमा […]

लिस्बन (पोर्चुगल) — पोर्चुगल सरकारले देशमा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्थालाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पदका मन्त्री एन्टोनियो लेइटाओ अमारोले यो नयाँ व्यवस्था आप्रवासन नीति सुधारको ‘अन्तिम प्रमुख अंश’ भएको बताएका छन् । यो प्रस्ताव अब संसदमा पेस […]

लिस्बन (पोर्चुगल) — बैंक अफ पोर्चुगलले विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा ‘७ युरोको बैंकनोट’ जारी गर्ने भन्ने समाचार पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता दाबीहरू पछि केन्द्रीय बैंकले बिहीबार एक आधिकारिक चेतावनी जारी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेको हो । पछिल्लो समय टिकटक, फेसबुक र ट्विटर […]