Home Login

लाक्पा तेन्जी शेर्पा । रोमानिया — युरोपियन मुलुक रोमानियामा काग्यु बुद्धिस्ट एसोसिएसन स्थापना, विभिन्न समुदायका प्रतिनिधिहरूसँग छलफल सम्पन्न भएको छ। रोमानियाको राजधानी बुखारेस्टमा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना भएको छ। यस एसोसिएसनले रोमानियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै बौद्ध धर्म, संस्कृति, र मानवीय एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्य गर्ने बताइएको छ। एसोसिएसनद्वारा आइतवार आयोजना गरिएको विशेष छलफल […]

अयरल्यण्ड —  युरोपको अयरल्यण्डमा तामाङ परिवार अयरल्यण्डद्वारा सोनम ल्होछारलाई मध्यनजर गर्दै ल्होछार साँझ २०२५ को आयोजना हुने भएको छ। तमाङ परिवार अयरल्यण्डको पहिलो प्रस्तुती तथा गैरआवासीय संघ आयरल्यण्डको सहकार्यमा अयोजना हुन गईरहेको ल्होछार साँझ २०२५ को लागि लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको साथमा पहिलो पटक […]

नर्वे — मगर समुदायको मौलिक तथा सांस्कृतिक राष्ट्रीय पर्ब माघे सक्रान्ति मगर संघ नर्वेद्वारा यही आउदो जनवरी १९ आईतवारको दिन नर्वेको राजधानी ओस्लो शहरमा मनाउने भएको छ। स्थापनाकालदेखि नै एक सक्रिय संस्था मगर संघ नर्वेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा नर्वेमा बसोबास गर्नुहुने मगर तथा गैर मगरहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले […]

जापान —  गुरुङ समुदायले आफ्नो संस्कृति र परम्परा जोगाउन तथा एकताबद्ध हुनका लागि मिए, गिफु र आईची प्रिफेक्चरलाई समेटेर हालै तोकाई क्षेत्रीय समिति गठन गरिएको छ। केन्द्रीय अध्यक्ष युवराज गुरुङका अनुसार, जापानमा बसोबास गर्ने गुरुङहरूको संख्या बढ्दै गएको सन्दर्भमा आफ्नो साझा पहिचानलाई जोगाउन र समुदायलाई मजबुत बनाउन यस्तो संस्थाको आवश्यकता महसुस गरिएको थियो। यस समितिले […]

एलिया लिम्बु । साइप्रस — युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसले तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार साइप्रसको राजधानी निकोसियास्थित एन्टोनाकिस म्युजिक हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी अध्यक्ष बाला काशी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य संस्थाकी कोषाध्यक्ष हेमा गुरुङले […]

आयरल्याण्ड — स्थापना कालदेखि नै एक सक्रिय संस्था बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बाग्लुङ बासीहरू आयरल्याण्डमा आइ बसोबास गर्नेहरूलाई दुःख अनि दुःखमा एकसाथ भएर अगाडि बढ्नको लागि स्थापना भएको बागलुङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण सापकोटा निर्वाचित भएका हुन्। रामकृष्ण सापकोटा अध्यक्ष रहेको नयाँ निर्वाचित कार्यसमितिहरूमा उपाध्यक्षमा टेक पुन, महासचिवमा कृष्ण सापकोटा, […]

अशिम लोप्चन तामाङ । माल्टा— मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ। आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ। स्थापना कालदेखि नै माल्टामा सक्रिय संस्था मगर समाज माल्टाले माल्टामा रहेका विभिन्न कामहरूमा हातेमालो गर्दै आइरहेको छ। आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा […]

जसमान् दर्नाल जिवन । जर्मनी — तमु समाज क्रोएसियाले तमु (गुरुङ) जातिको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ। आइतबार क्रोएसियाको राजधानी स्थित जाग्रीबको एक हलमा आयोजना गरिएको कार्यक्रमको सभपतित्व तमु समाज क्रोएसियाका अग्रज समेत रहेका क्रोएसियाका सफल ब्याबसायी कमलमान गुरुङले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी गैर […]

एलिया लिम्बु । साइप्रस — चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशन तथा ९ औ बार्षिक साधारणसभा बुधबार अनलाइन माध्यमबाट सम्पन्न भएको छ। स्थापनाकाल देखि नै युरोपेली मुलुक साइप्रसमा एक सक्रिय संस्था चितवन सेवा समाज साइप्रसले पाँचौं अधिवेशनबाट लक्ष्मी रेग्मीको अध्यक्षमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव,एक सहसचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी ९ कार्यसमिति […]

इन्दिरा चाम्लिंग । काजाब्लाका क्यासेल्लो — तमु समाज बेल्जियमको २६०९ औ तमु ल्होछार  लुभेन स्थित काजाब्लांका क्यासेल्लोको डोनबोस्को हलमा भब्य रूपले मनाईएको छ । कार्यक्रमको प्रमुख अतिथी रूस कार्की कावा राजदुत नेपाली दुतावास ,ब्रसेल्स रहनु भएको थियो । बिशेष अतिथी एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा  र अर्का बिशेष अतिथी नेपाल आदिबासी जनजाति महासंघ ,बेल्जियम अध्यक्ष […]