एलिया लिम्बु ।
साइप्रस — चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशन तथा ९ औ बार्षिक साधारणसभा बुधबार अनलाइन माध्यमबाट सम्पन्न भएको छ।
स्थापनाकाल देखि नै युरोपेली मुलुक साइप्रसमा एक सक्रिय संस्था चितवन सेवा समाज साइप्रसले पाँचौं अधिवेशनबाट लक्ष्मी रेग्मीको अध्यक्षमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव,एक सहसचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी ९ कार्यसमिति सदस्य निर्माण गरेको छ।
अध्यक्ष सवि थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रवास संयोजक प्रकाश लामिछानेले संस्थाको ब्यानर पढेर कार्यक्रम उद्घाटन गरेका थियो ।
संस्थाले उक्त अधिवेशनबाट ९ जना सल्लाहकार समेत छनोट गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष लक्ष्मी रेग्मी अधिकारीले गरेको थियो भने संस्थाको आर्थिक प्रतिवेदन सह-कोषाध्यक्ष सोविता पराजुली अधिकारी प्रस्तुत गरेकी थिइन्। त्यस्तै विशिष्ट अथितिहरु सल्लाहकार कविता भट्ट ढकाल ,जयन्ती लामिछाने अधिकारी ,मन्जु सिङ ठकुरी ,बिमल पुरी ,कल्पना बिष्टहरु कार्यक्रममा उपस्थित भएका थिए।
कार्यक्रममा उपस्थित हुने अतिथिहरूले मन्तव्य राख्दै चितवन सेवा समाज साइप्रसले गरेका कामहरूको प्रशंसा समेत गरे।
अध्यक्ष सवि थापाले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्त गरे।आफ्नो कार्यकालमा आएका सुखदुखलाई भुल्दै चितवन सेवा समाज साइप्रसले गरेका कामको प्रशंसा गरेका थिए।
त्यस्तै संरक्षक जसुपुन मगरले नयाँ निर्वाचित कार्यसमितिको नामावली प्रकाशित गरेसँगै बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।
चितवनको विकास र सामाजिक भावना सामाजिक एकता र समृद्धिको चाहना भन्ने मूल नाराको साथ चितवन सेवा समाज साइप्रसले विभिन्न कालखण्डमा थुप्रै सामाजिक कामहरू गर्दै आइरहेको छ।
चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिहरूमा संस्थापक अध्यक्ष एवं संरक्षकमा जसु पुन मगर, संरक्षक निवर्तमान अध्यक्ष सवि थापा, अध्यक्ष लक्ष्मी रेग्मी अधिकारीको साथमा वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष विन्दु दुलाल, द्वितीय उपाध्यक्ष विष्णु थापा मगर र महासचिवमा राम लामा न्हेगी (पिउस) रहेका छन्।
त्यस्तै सचिवमा शुसिल कुमार पोखरेल र सह-सचिवमा गौरव थापा मगर रहेका छन्। कोषाध्यक्षमा विशाल थापा, सह-कोषाध्यक्षमा सोविता पराजुली अधिकारी रहेको छन्।
त्यस्तै सदस्यहरूमा गंगा पुन मगर, मिरा थापा, सरु ढकाल, ज्योति भण्डारी, प्रतिक्षा उपाध्याय, अनुज घिमिरे, विबस कार्की, प्रसान्त अर्याल र सन्तोष लामिछाने रहेका छन्।
संस्थाले उक्त अधिवेशनबाट छुट्याएको सल्लाहकारहरूमा प्रथम सल्लाहकार सुवास मल्ल त्यस्तै सल्लाहकार कविता भट्ट ढकाल, जयन्ति अधिकारी, कल्पना बिष्ट, बिमल पुरि, शान्ति परियार, नैना गुरुङ, मन्जु सिंह ठकुरी, शान्ता ढकाल र पुस्तक रेग्मी रहेका छन्।
अनलाइनको माध्यमबाट सम्पन्न भएको उक्त अधिवेशनको औपचारिक कार्यक्रमका सभापति सवि थापाले कार्यक्रम समापन गरेका थिए।