आयरल्याण्ड — स्थापना कालदेखि नै एक सक्रिय संस्था बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बाग्लुङ बासीहरू आयरल्याण्डमा आइ बसोबास गर्नेहरूलाई दुःख अनि दुःखमा एकसाथ भएर अगाडि बढ्नको लागि स्थापना भएको बागलुङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण सापकोटा निर्वाचित भएका हुन्।
रामकृष्ण सापकोटा अध्यक्ष रहेको नयाँ निर्वाचित कार्यसमितिहरूमा उपाध्यक्षमा टेक पुन, महासचिवमा कृष्ण सापकोटा, प्रवक्तामा कृष्ण के.सी, कोषाध्यक्षमा दीपक आचार्य, सचिवमा आयुष सापकोटा र सह-कोषाध्यक्षमा बाबुराम कँडेल रहेका छन् ।
बागलुङ समाज आयरल्याण्डले सांस्कृतिक संयोजकको रुपमा सङ्गीता थापालाई निर्वाचित गराएको छ।
त्यस्तै सदस्यहरूमा राम खत्री, सुरक्षा खड्का, राजन कँडेल, प्रदीप क्षेत्री र आस्था खत्री रहेका छन्।
विभिन्न सामाजिक कामहरूमा सक्रिय हुँदै आइरहेको बागलुङ समाज आयरल्याण्डले एक उपाध्यक्ष, महासचिव, प्रवक्ता, कोषाध्यक्ष, सचिव, सह-कोषाध्यक्ष र एक सांस्कृतिक संयोजक गरि पाँच कार्यसमिति सदस्य तेस्रो अधिवेशनबाट निर्वाचित भएका हुन्।
तस्वीरहरु —