रासस

गुरुङ समाज जापानको क्षेत्रीय समिति तोकाई गठन

जापान —  गुरुङ समुदायले आफ्नो संस्कृति र परम्परा जोगाउन तथा एकताबद्ध हुनका लागि मिए, गिफु र आईची प्रिफेक्चरलाई समेटेर हालै तोकाई क्षेत्रीय समिति गठन गरिएको छ।

केन्द्रीय अध्यक्ष युवराज गुरुङका अनुसार, जापानमा बसोबास गर्ने गुरुङहरूको संख्या बढ्दै गएको सन्दर्भमा आफ्नो साझा पहिचानलाई जोगाउन र समुदायलाई मजबुत बनाउन यस्तो संस्थाको आवश्यकता महसुस गरिएको थियो।


यस समितिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, भाषिक कार्यक्रमहरु सञ्चालन गर्ने, र समुदायका समस्या समाधानमा सहयोग गर्ने जस्ता गतिविधिहरू गर्ने लक्ष्य राखेको बताएको छ।

उक्त सम्पन्न गुरुङ समाज जापान, तोकाई क्षेत्रीय समितिको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।


यस समितिको सभापतिमा चन्द्र गुरुङ चयन भएका छन्। प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष युवराज गुरुङ लगायत विशेष अतिथि नमस्ते गुरुङ (संरक्षक), अतिथिहरू जग्दिश गुरुङ (संगठन प्रमुख) र दीपक घले (केन्द्रीय सदस्य)को उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन जेबी गुरुङले गरेका थिए।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष होम गुरुङ, राजकुमार गुरुङ, सचिव: रविन गुरुङ, सहसचिव मुना गुरुङ, कोषाध्यक्ष: अभिषेक गुरुङ, सांस्कृतिक प्रमुख शिशिर गुरुङ रहेका छन्। 


त्यस्तै सदस्यहरूमा शिरिष गुरुङ, मसिनी गुरुङ, दिपेन गुरुङ, गोपाल गुरुङ, सुनिल गुरुङ, एलिसा गुरुङ, सुरज गुरुङ, स्वस्तिक गुरुङ, प्रकाश गुरुङ, सगुन गुरुङ, सोनिषा गुरुङ, अबी गुरुङ, लिला गुरुङ, समिर गुरुङ यसका साथै, समितिले गणेश गुरुङ, जेबी गुरुङ, र नरेश गुरुङलाई प्रमुख सल्लाहकार र बिरेन गुरुङलाई संरक्षकको रूपमा चयन गरेको छ। रासर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *