जसमान् दर्नाल जिवन ।
जर्मनी — तमु समाज क्रोएसियाले तमु (गुरुङ) जातिको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ।
आइतबार क्रोएसियाको राजधानी स्थित जाग्रीबको एक हलमा आयोजना गरिएको कार्यक्रमको सभपतित्व तमु समाज क्रोएसियाका अग्रज समेत रहेका क्रोएसियाका सफल ब्याबसायी कमलमान गुरुङले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी गैर आवासीय नेपाली संघ एनआरएनए क्रोएसियाका अध्यक्ष साइमान तामाङ रहेका थिए।
कार्यक्रमको तस्वीर —
कार्यक्रममा ब्याबसायी धावा लामा, नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाका अध्यक्ष लोब्साङ्ग तामाङ लगायत विभिन्न संघ सस्थाका प्रमुखहरुको अतिथी रहेको थियो।
कार्यक्रममा नेपाली चेलिहरुले विभिन्न नेपाली तथा मौलिक गुरुङ भाषाका गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए भने अतिथी र सहभागीलाई गुरुङ तथा नेपाली परिकारको भोजन समेत गराइएको थियो।
कार्यक्रमलाई शुभकामना सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए क्रोएसियाका अध्यक्ष साइमान लामाले प्रदेशमा पनि नेपाल कै झल्को दिनेगरी कार्यक्रम आयोजना गरेकोमा तमु समाज क्रोएसियालाइ धन्यवाद समेत दिएका थिए।
कार्यक्रमको समापन मन्तव्य राख्दै कार्यक्रमका सभापति कमल मान गुरुङले सबैको एकता र राष्ट्रियताको मायाले आफुलाइ मन देखि तानेकाले राष्ट्रिय पर्व तमु ल्होसार शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सम्भव भएको बताए।