एलिया लिम्बु ।
साइप्रस — युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसले तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार साइप्रसको राजधानी निकोसियास्थित एन्टोनाकिस म्युजिक हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी अध्यक्ष बाला काशी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य संस्थाकी कोषाध्यक्ष हेमा गुरुङले दिएकी हुन्।
कार्यक्रममा डीएसपी रबिन्द्र मान गुरूङको प्रमुख अतिथि तथा कार्यक्रमकी सभापति बाला काशी गुरुङले पानसमा दियो बालेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बिशिस्ट अतिथिहरुमा साइप्रसमा खटिनु भएका डिएसपी रघु बिष्ट, गैर आवासीय नेपाली संघ साइप्रसका आईसिसि सदस्य कुन्दन कार्की, गैर आवासीय नेपाली संघ साइप्रसका महासचिव धाता नन्द पाण्डे लगायत साइप्रसमा क्रियाशिल विभिन्न संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
तमु समाज साइप्रसद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान साथै साइप्रसमा रहेका स्थानीय नेपाली कलाकारहरुका नृत्य तथा गायन प्रस्तुतिहरुका साथमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र मान गुरुङ र बिशिस्ट अतिथि रघु बिष्टले शुभकामना मन्तव्य समेत राखेका थिए।
कार्यक्रममा उपस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रममा सहयोग पुर्याउनुहुने सबै साइप्रसवासी नेपालीहरूलाई आयोजक तमु समाज साइप्रसले धन्यवाद समेत व्यक्त गरे।
उक्त कार्यक्रमको सञ्चालिका भने संस्थाकी सदस्य जानुका गुरुङले गरेकी थिइन्।
कार्यक्रमका केही तस्वीरहरु —